You are here
Home > अन्तर्राष्ट्रिय > खोप नलगाएर कार्यालय पुग्ने सीएनएनका तीन कर्मचारी जागिरबाट हटाइए

खोप नलगाएर कार्यालय पुग्ने सीएनएनका तीन कर्मचारी जागिरबाट हटाइए

श्रावण २२, २०७८ शुक्रबार

काठमाडौं, साउन २२ गते । अमेरिकी न्यूज नेटवर्क सीएनएनले खोप नलगाइ एक कार्यालयमा गएकोमा तीन जना कर्मचारीलाई बर्खास्त गरेको छ । सबै कम्पनीले खोप लगाउन अनिवार्य गरिसकेपछि अमेरिकामा खोप नलगाएकोलाई जागिरबाट हटाइएको यो पहिलो अबसर हो । अमेरिकामा कम्पनीमा कार्यरत कर्मचारीले खोप लगाउनु कानूनी रुपमा समेत अनिवार्य गरिएको छ ।
सीएनएनका प्रमुख जेफ जकरले पठाउनुभएको जागिरबाट हटाइएको ब्योहोराको पत्र अमेरिकी सञ्चारमाध्यममा समेत देखिएको छ । उहाँले पत्रमा ‘फिल्डमा काम गर्ने सबैका लागि खोप लगाउनु अनिवार्य हो, कार्यालयमा जाँदा वा अन्य कर्मचारीसँग काम गर्दा खोप लगाएको हुनुपर्छ’ उल्लेख गर्नुभएको छ।
फेसबुक र गुगलले भने कम्पनी पूर्ण क्षमतामा सुचारु भएपछि कर्मचारीले खोप अनिवार्य लगाउनुपर्ने ब्यवस्था लागू गर्ने जनाएको छ ।

Leave a Reply

Top