एनआरएन जापान कान्साई क्षेत्रीय समितीले आयोजना गरेको जापानब्यापी खुल्ला कविता प्रतियोगितामा बिमन किराती प्रथम प्रवास समाचार साहित्य April 8, 2021April 9, 2021 एनआरएन जापान कान्साई क्षेत्रीय समितीले आयोजना गरेको जापानब्यापी खुल्ला कविता प्रतियोगितामा गुन्मा केन निवासी बिमन किराती प्रथम भएका छन।जापानमा बसोवास गर्ने साहित्यिक व्यक्तित्वहरुको प्रतिभा उजागर तथा हौसला प्रदान गर्ने उद्देश्यले एनआरएन कान्साईले झण्डै ४५ दिन अगाडि बाट प्रचार प्रसार लाइ तिव्रता दिदै जापान बासि नेपाली कवि हरुलाइ सक्दो समेटने प्रयास गरेको थियो। कबिता पठाउने अन्तिम मिति मार्च २८ तोकिए अनुरूप रातको १२ बजे सम्म जापान भर बाट प्राप्त ४९ वटा कवितामा नेपालमा रहनुभएका साहित्यिक व्यक्तित्व निर्णायक हरुलाइ पठाइएको थियो।यसरि कविता पठाउदा निष्पक्षता लाइ उच्चतम प्राथमिकतामा राख्दै प्राप्त कविताहरुको शिर्षक र कविता मात्र निर्णायक हरुलाइ पठाइएको थियो।यसरी पठाइएको कविताहरु तिन सदस्यीय निर्णायक समिति भूपिन खड्का – सन्योजक,सुरेन्द्र अस्तफल – सदस्य,टिका आत्रेय – सदस्य भएर उत्कृष्ट १० र क्रमशः प्रथम,द्वितिय र तृतीय छनोट गरि आयोजकलाइ पठाउनु भएको थियो।प्रतियोगितालाइ थप रोमाञ्चक र जनमुखी बनाउने अभिप्रायले उत्कृष्ट १० लाइ अप्रिल ८ तारिक बिहिवार जापानी समय १९:०० र नेपाली समय १५:४५ मा लाइभ बाचन गराएको थियो।जस मध्य ८ जाना सर्जक हरुले आफ्नो रचना वाचन गर्नु भएको थियो। कविता प्रतियोगितामा गुन्मा केन निवासी बिमन किरातीले रचना गर्नु भएको देशको रङ्ग शीर्षकको कबिता प्रथम भएको छभने द्धितिय कुमामोतो निवासी मन्जुल बराइलीको बेपत्ता पसिनाहरु र त्यसै गरि टोकियो निवासी सयपत्री थुलुङको उधारो सपना शीर्षकको कबिता तृतीय भएको छ।प्रतियोगितामा प्रथम,द्धितिय र तृतियलाई नगद क्रमश ५०,००० यन ३०,००० यन र २०,००० यन को साथमा प्रमाणपत्र प्रदान गर्ने भएको छ भने उत्कृष्ट १० भित्र पर्नुहुने सबैले आयोजकको तार्फ बाट प्रमाणपत्र प्राप्त गर्नुहुनेछ। साथै एनआरएन कान्साईले आफ्नो स्थापना कालदेखी हाल सम्म भए गरेका गतिविधिको साथमा जापानवासी नेपाली हरुको उपयोगि जानकारि तथा बिबिध बिषयलाइ समेट्दै स्मारिका निकाल्न लागेको र उक्त स्मारिकामा प्रथम,द्वितिय र तृतिय को कविता समेटिने साथै सम्भव भएको खण्डमा उत्कृष्ट १० पनि समाबेश गरिने कविता प्रतियोगिताका संयोजक तथा स्मारिका प्रकाशन समिति प्रमुख समेत रहनुभएका नरेन्द्र बस्नेत(दिनेशले)जानकारी गराउनुभयो। पहिलोपटक गरिएको जापानब्यापी खुल्ला कविता प्रतियोगिता लाइ शुरुवाती चरण देखी नै साथ सल्लाह र सहयोग गर्ने अनेसास केन्द्रिय अध्यक्ष प्रकाश पौडेल(माइला)अनेसास जापान महासचिव तथा कार्यक्रमका सहजकर्ता रविन शर्मा अनेसास जापान,निर्णायकहरु,मिडियाकर्मी साथीहरु सहभागी सर्जकहरु लगायत सबैको सहयोगले सफलता पुर्वक कार्यक्रम सम्पन्न गर्न सकेकोमा सबैलाइ धन्यबाद व्यक्त गर्दै सहभागि जनाउने सम्पुर्ण कवि हरुको कवितालाइ पनि एनआरएन कान्साईले कुनै न कुनै माध्यमले सम्बोधन गरिने एन आर एन कान्साइका संयोजक कृष्ण शर्मा गैरेले जानकारी दिनुभयो।जूमको माध्यम मार्फत संचालन गरिएको उक्त कार्यक्रममा उपस्थित महानुभाब हरुलाई एन आर एन कान्साइका उप संयोजक दिलिप शर्मा गैरेले स्वागत गर्नु भएको थियो। एनआरएन कान्साईले आफ्नो स्थापना कालदेखी हाल सम्म भए गरेका गतिविधिको साथमा जापानवासी नेपाली हरुको उपयोगि जानकारि तथा बिबिध बिषयलाइ समेट्दै स्मारिका निकाल्न लागेको र उक्त स्मारिकामा प्रथम,द्वितिय र तृतिय को कविता समेटिने साथै सम्भव भएको खण्डमा उत्कृष्ट १० पनि समाबेश गरिने कविता प्रतियोगिताका संयोजक तथा स्मारिका प्रकाशन समिति प्रमुख समेत रहनुभएका नरेन्द्र बस्नेत(दिनेशले)जानकारी गराउनुभयो। पहिलोपटक गरिएको जापानब्यापी खुल्ला कविता प्रतियोगिता लाइ शुरुवाती चरण देखी नै साथ सल्लाह र सहयोग गर्ने अनेसास केन्द्रिय अध्यक्ष प्रकाश पौडेल(माइला)अनेसास जापान महासचिव तथा कार्यक्रमका सहजकर्ता रविन शर्मा अनेसास जापान,निर्णायक ज्यू हरु,मिडियाकर्मी साथीहरु सहभागी कवि ज्यू हरु लगायत सबैको सहयोगले सफलता पुर्वक कार्यक्रम सम्पन्न गर्न सकेकोमा सबैलाइ धन्यबाद व्यक्त गर्दै सहभागि जनाउने सम्पुर्ण कवि ज्यू हरुको कवितालाइ पनि एनआरएन कान्साईले कुनै न कुनै माध्यमले सम्बोधन गरिने एनआरएन कान्साईका संयोजक कृष्ण शर्मा गैरे ले बताउनुभयो। साहित्यीक क्षेत्रको यति ठुलो कार्यक्रम एनआरएन जापान कान्साई क्षेत्रीय समितीको पहिलो आयोजना भएपनि अनेसास केन्द्रिय समिती,अनेसास जापान सम्मानित निर्णायकहरु,उत्साहप्रद सहभागिता जनाउने सहभागि प्रतिभाहरु र सम्पुर्णको सहयोगले केही हदसम्म सफल भएको हामीले महशुष गरेको छौ यद्दपी शुरुवाती चरण देखी अनत्य सम्म केही कमि कमजोरी भएका भए आगामी दिनमा सुधारेर अगाडि बढन सल्लाह सुझावको आशा रहेको प्रतियोगिताको परिकल्पनाकार समेत रहेका संस्थाका उपसंयोजक दिलिप शर्मा ले जानकारि गराउनु भयो।