You are here
Home > समाचार > रवि लामिछानेले आफ्नो पार्टीले कहिल्यै कसैसँग चन्दा नलिने घोषणा

रवि लामिछानेले आफ्नो पार्टीले कहिल्यै कसैसँग चन्दा नलिने घोषणा

७ ,असारकाठमाडौँ । पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले आफ्नो पार्टीले कहिल्यै कसैसँग चन्दा नलिने घोषणा गर्नु भएको छ । मंगलबार राष्ट्रियसभा गृहमा नयाँ पार्टी घोषणा गर्दै यस्तो प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

चन्दाको गन्धा धन्धा हाम्रो पार्टीले कहिल्यै गर्दैन,ु भनी रवि लामिछानेले बताउँनु भएको छ । उनले मंगलबार पार्टी घोषणा सभाको क्रममा यस्तो प्रतिवद्धता व्यक्त गर्नु भएको हो । लामिछानेले मंगलबार नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीु घोषणा गर्नु भएको छ ।लामिछानेले मंगलबारको पार्टी घोषणा कार्यक्रमको आर्थिक प्रवन्धका लागि पनि कुनै व्यवसायीहरूसँग चन्दा नमागेको बताउनु भएको छ ।यस क्रममा उहाँले आफ्नो पार्टीको अवधारणा पनि सार्वजनिक गर्नु भएको छ। उहाँले आफ्नो पार्टीको भ्रातृ संगठनहरू नहुने पनि घोषणा गर्नु भएको थियो। साथै यस पार्टीले प्रत्यक्ष प्रधानमन्त्री र मुख्यमन्त्री अवलम्वन गर्ने लामिछानेले बताए ।

Leave a Reply

Top