You are here
Home > Uncategorized > गजल

गजल

-पुरुषोत्तम लामिछाने

बिरानो छ शहर आमा,तिमिलाई सम्झीए

फर्कने छ रहर आमा ,तिमिलाई सम्झीए

 

जोडीदैनन परेली ,हिजो आज धेरै भयो

मैले हरेक प्रहर आमा,तिमिलाई सम्झीए

 

जिबन देखी हारे आमा ,अनी भाग्न खोजे

हात्मा थियो जहर आमा , तिमिलाई सम्झीए

 

मृत्‍यु रोजेर नि कहाँ ,मुक्ती पाईन्छर

तिमी धरोहर आमा ,तिमिलाई सम्झीए

Leave a Reply

Top