एनआरएनए जापान गुन्मा क्षेत्रीय समितिमा मगेन्द्र बस्नेत सर्बसम्मत प्रवास समाचार June 26, 2021June 26, 2021 आज मिति २०२१/०६/२६ मा एनआरएनए जापान गुन्मा क्षेत्रीय समितिको चौथो अधिबेशन सम्पन्न भएको छ। निर्बाचन समिति बाट प्राप्त जानकारी अनुसार क्षेत्रीय संयोजकमा मगेन्द्र बस्नेत सर्बसम्मत चयन हुनु भएको छ भने उप संयोजक मा कुमार राइ र जिबन बस्नेत सर्बसम्मत हुदा महिला उपसंयोजक पछि मनोनित गर्ने जानकारी प्राप्त भएको छ। त्यसै गरि अन्य कार्यसमिति अन्तर्गत सचिबमा उमेश बिक्रम थापा सह-सचिबमा श्रीधर पन्थी कोषाध्यक्षमा बिपना अधिकारि सर्बसम्मत हुनु भएको छ भने सदस्य तर्फ लक्ष्मण गौतम,रस्मिता बस्नेत, सन्तोष थापा रहदा विद्यार्थी सदस्यमा खगेन्द्र खनाल सर्बसम्मत हुनुभएको छ। कोराना कहरको विच प्रविधिको उच्चतम सदुपयोग गर्दै जूम मार्फत सम्पन्न गरिएको कार्यक्रममा नेपाल बाट सहभागिता जनाउदै राजीनितिक विश्लेषक डा.सुरेन्द्र केशी ले गैर्ह आवासीय नेपाली ले रास्ट्रको लागि गरेको योगदान गर्न सकिने कुरा र बिग्रदो देशको अवस्थाको बारेमा प्रकाश पार्नु भएको थियो। कार्यक्रमको अन्त्यमा एनआरएन जापानकी कार्यबाहक अध्यक्ष अनिता गुरुङ ले सर्बसम्मत कार्यसमितिलाई सफत ग्रहण गराउनु भएको थियो भने निबर्तमान संयोजक कुमार लामिछानेले कार्यक्रमको सभापतिको हैसियतले कार्यक्रमको समापन गर्नु भएको थियो।