मान्छे साहित्य August 16, 2021 -रजनी खत्री सानो सानो खुसी पाउन यत्रतत्र भौंतारिरहेछ मान्छे दुई दिनको जिन्दगी यो लोभैलोभमा अल्झिरहेछ मान्छे यसो गरे पैसा, उसो गरे पैसा आत्मीयता, नैतिकता, मानवता बेचिरहेछ मान्छे अरुको भावनाको न कदर गर्छ मान्छे न अर्कोको विश्वासको पात्र बन्न सक्यो मान्छे प्रत्येक पाइला पाइलामा स्वार्थी बन्यो मान्छे हरेक क्षण क्षणमा बिकिरह्यो मान्छे पैसा, पैसा, पैसा गर्दै चुकिरह्यो मान्छे ! काठमाडौं