You are here
Home > समाचार > पेट्रोल पम्पमा कार्यरत असईविरूद्ध एक करोड तीन लाख बिगो माग गर्दै भ्रष्टाचार मुद्दा

पेट्रोल पम्पमा कार्यरत असईविरूद्ध एक करोड तीन लाख बिगो माग गर्दै भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक (असई) विरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

प्रहरी कल्याण कोषले नक्सालमा सञ्चालन गरेको पेट्रोल पम्पमा कार्यरत असई दिलिप कार्कीविरूद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए।

सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको भन्दै अख्तियारले एक करोड तीन लाख ९७ हजार ९ सय ३७ रुपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरेको हो।

असई कार्कीले पेट्रोल पम्पमा रकम हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो। सोही उजुरीको आधारमा अनुसन्धान गर्दा उनले विक्री भएको तेलको वास्तविक रकम दाखिल नगरी एक करोड तीन लाख ९७ हजार ९३७ रुपैयाँ हिनामिना गरेको पुष्टि भएको सहप्रवक्ता भण्डारीले बताए।

उनकाअनुसार प्रमाणसहित पुष्टि भएपछि उनीविरूद्ध आरोप पत्र दायर भएको हो। उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को खण्ड (झ) बमोजिमको सजायको समेत माग गरिएको छ।

Leave a Reply

Top