प्राधिकरणकोे आग्रह अनुमति नलिई दुरसञ्चार सेवा सञ्चालन नगर्न समाचार June 9, 2022June 9, 2022 नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ ।प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न निर्देश गरेको हो । पछिल्ला केही दिनयता गैरकानुनी रूपमा स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन भइरहेको उजुरी आएको भन्दै प्राधिकरणले यस्तो सूचना जारी गरेको हो अनुमतिविनै दूरसञ्चार सेवा सञ्चालन गरेको पाइए कानुनबमोजिम कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ ।अनुमतिपत्र प्राप्त नगरी गैरकानुनी रूपमा कसैले पनि इन्टरनेट सेवा सञ्चालन गरेको वा वितरण गरेको फेला परेमा खबर गर्नसमेत प्राधिकरणले अपिल गरेको छ ।