You are here
Home > प्रवास > मृगौला पिडित गोबिन्दलाई बाग्लुङ दमेक समाज जापानद्वारा संकलित सहयोग रकम हस्तान्तरण

मृगौला पिडित गोबिन्दलाई बाग्लुङ दमेक समाज जापानद्वारा संकलित सहयोग रकम हस्तान्तरण

नवलपुर जिल्ला गैडाकोट वाड न.१६ (१७ न.चोक)निवासी गोभिन्द प्रसाद सापकोटा बिगत २ वर्ष देखी जापान ओसाकामा कार्यरत हनुहुन्थ्यो सोही क्रममा उहाको दुबै मृगौलाले काम गर्न छोडेको र कलेजोमा पनी समस्या देखिए पछि उहाँलाई ओसाका स्थित ओहोनो मेमोरीयल हास्पिटलमा भर्ना गरी उपचार भई गराइएको थियो। जिबन र मरणको दोसाँधमा रहेका सापकोटाको आर्थिक स्थिति अत्यान्त कमजोर भएको बुझिएपछि बाग्लुङ दमेक समाज जापान्ले सहायोग संकलन कार्य लाई अगाडि बढाएको थियो ।
संकलित रकम जापानि एन् १,३१,१०५ (एक लाख एकतिस हजार एक सय पाँच) बाग्लुङ दमेक समाजका प्रतिनिधि डिल्ली राम सापकोटा ,धन प्रसाद सापकोटा , भुमिश्वर अम्माई तथा समाजका आगन्तुक सदस्य चन्द्र सापकोटाको उपस्थितिमा पिडित सापकोटा र उनको परिवार लाई हस्तान्तण गरिएको थियो। ।
आर्थिक सहयोगि संपुण महानु भाव लाई बाग्लुङ दमेक समाजले  धन्यवाद ज्ञापन गरेको छ।

Leave a Reply

Top