एनआरएनए जापानको निर्वाचन रद्द गर्न असन्तुष्ट पक्षहरुको माग,यथा स्थितिमा आर्थिक कोष हस्तान्तरण नगरिने प्रवास समाचार September 12, 2021 एनआरएन जापानको जुलाई ३० मा भएको निर्वाचन धाँधलीपुर्ण भएको भनी असन्तुष्ट पक्षले निर्वाचन रद्द गर्न माग गरेको छ । आईतवार एक प्रेस बिज्ञप्ती सार्वजानिक गर्दै बिभिन्न पक्षबाट धाँधलीको प्रमाणीत हुँदा समेत आइसिसीले झन् झुठको खेती गर्नतर्फ उद्धत भएको उल्लेख गरिएको छ । केहि व्यक्ति र समुहले गलत गरेर संस्थाको बदनाम भइरहेको छ, ति व्यक्तिहरु संस्थाको नाम लाई आड हालेर आफ्नो व्यक्तिगत स्वार्थ सिद्ध गर्न एनआरएन जापान लगायत एनआरएन आईसिसिलाई बदनाम गर्न खोजीरहेका छन् बिज्ञप्तीमा उल्लेख छ । छानबिन समितिको प्रतिबेदनले समेत पूर्ण रुपमा एनआरएन जापानको निर्वाचनमा धाधली भएको पुस्टि भएको र पररास्ट्रले पनि पत्र काटिसकेको अवस्थामा नेतृत्वको मौनता र जसरि भएपनि गलतलाई सजाय र सुधार तिर नलागी पेलेर जाने नियत देखिनु अत्यन्त खेदपूर्ण रहेको जनाईएको छ । असन्तुष्ट पक्षले जारिगरेको बिज्ञप्ती जस्ताको तस्तै: मिति २०२१ सेप्टेम्बर १२ प्रेश बक्तब्य सम्पूर्ण पत्रिका तथा पत्रकार मित्रहरु ,सामाजिक संघ सस्थाहरु, राजनीतिक संघ संगठनहरु, जातीय संघ सस्थाहरु , दाजु भाई तथा दिदि ,बहिनीहरु प्रति हार्दिक नमस्का सहित हामी निम्न अनुसार हार्दिक अपिल गर्दछौ ❘ बिषय : एनआरएन जापानको जुलाई ३० को धांधलीपूर्ण निर्वाचन रद्द गरियोस् ❘ सम्पूर्ण महोदय मित्रहरु, मिति २०२१ जुलाई ३० तारिखको एनआरएनए जापानको निर्वाचन एउटा भ्रम सिर्जना गर्न आयोजना गरिएको निर्वाचन थियो भन्ने सार्बजनिक रुपमा पुस्टि भैसकेको छ। सामान्यतया निर्वाचनमा हारजित भए पछि पराजित पक्षले धाधली भयो भनेर असन्तुस्टी जनाउने प्रचलन जस्तो नै भएको पाइन्छ, तर यो पटक भएको एनआरएनए जापानको अनलाइन भोटिंग प्रकृया मतदाताहरुको अधिकार हनन गरि प्रविधिको चरम दुरुपयोग गरेर भएको कुरा संसारभर रहेका नेपालीहरुले जानकारी पाइसकेका छन । Vender,ICC IT admin, Japan NCC Admin अन्य केहि व्यक्तिहरुले यो जालझेलको काम गरेको हो भनेर सबै चिच्याई चिच्याई विरोध र भत्सर्ना गरी रहेको अवस्था छ❘ गलत हुन्छ ,गलत गर्छन, गलत चाहना राख्छन भनेर नै तपाई र हामीले साचो, सत्य र गलतलाई परिबर्तन गर्न समाज सेवामा लागिरहनु परेको हो,गलत भएमा गल्ति स्वीकार गरि सच्याउन सक्नु र सच्चिएर जान सक्नु संसारकै महान काम हो, सस्थामा हुने गलत प्रवृतिलाई सच्चाएर स्वतस्फुर्त रुपमा सस्था बनाउनु पनि तपाई हामी सबैको उतरदायित्व र परम कर्तब्य हो ❘ हामी सबैले गलत गरेको हो भनि रहेका छैनौ, केहि व्यक्ति र समुहले गलत गरेर संस्थाको बदनाम भइरहेको छ, ति व्यक्तिहरु संस्थाको नाम लाई आड हालेर आफ्नो व्यक्तिगत स्वार्थ सिद्ध गर्न एनआरएन जापान लगायत एनआरएन आईसिसिलाई बदनाम गर्न खोजीरहेका छन्। यतिका समय बित्दै गर्दा आफ्नो पंजीकृत सदस्यहरुको विवरण विना अनुमति चोर्नेहरुलाई आइसीसीले कारबाही गर्ने तर्फ कुनै पनि चासो नदेखाएकोले संसारभरको नेपालीहरु यो अभियान प्रति नै निराश हुदै गएको हामीले महशुस गरेका छौ ❘ एनआरएन जापानका संस्थापक अध्यक्ष राजन प्रधानांगको ७ सदस्यीय छानबिन समितीले गलत भएको कुरा बाहिर ल्याईसकेर एनआरएनएको स्थापना भएदेखि आजको दिन सम्म आउदै गर्दा पहिलो पटक प्रवासी नेपालीहरुको छाता संगठन भनेर चिनिएको यो संस्थाको बिग्रदो छबिको बारेमा नेपाल सरकारको सम्वद्ध निकायले पनि चासो देखाएको अवस्था छ ❘ मिति २०२१ अगष्ट २९ को छानबिन समितिको प्रतिबेदनले समेत पूर्ण रुपमा एनआरएन जापानको निर्वाचनमा धाधली भएको पुस्टि भएको र पररास्ट्रले पनि पत्र काटिसकेको अवस्थामा नेतृत्वको मौनता र जसरि भएपनि गलतलाई सजाय र सुधार तिर नलागी पेलेर जाने नियत देखिनु अत्यन्त खेदपूर्ण रहेको जानकारी गराउदछौ। एनआरएनए संरक्षकहरुसंगको बैठक गर्दा पनि जापान एनआरएनको धाधलीको समस्या अझै जटिल बन्दै गई रहेको अवस्थामा केहि आईसीसीका पदाधिकारीहरुले समस्या मिलिसक्यो भनेर झुटो ब्रिफ्रिंग गरेको सुनिनुले हामी यस्तो कार्य गर्नेहरु प्रति खेद प्रकट गर्दछौ ❘ उहाहरु को को हुनु हुन्छ नाम सार्बजनिक गर्न आईसिसि अध्यक्ष लगायत सम्बन्धित सबैलाई आह्वान गर्दछौ ❘ मिति २०७८/०५/१७ को पररास्ट्रको पत्र को अनुसरण गर्दा पनि नेपाल सरकारले जुलाई ३० को एनआरएन जापानको निर्वाचन धाधलीपूर्ण भएको र रद्द हुनु पर्ने आशय जापान भित्रको सम्पूर्ण प्रबासी नेपाली समाजमा र संसार भरि नै प्रष्टरुपमा व्यक्त भएको देखिन्छ भने निस्वार्थ समाजसेवामा लागेका आम नेपालीहरुको चाहना पनि त्यहि छ। यसरी एक पछि अर्को प्रतिवेदन र नेपाल सरकार समेतले धांधली भएको कुरालाइ आत्मसात गरि सकेको आवस्थामा एनआरएनए आईसिसिले यस प्रकरणलाइ गम्भीर रुपमा लिदै जापानमा भएको धाधलीपूर्ण निर्वाचन तत्काल रद्द गरि आइसीसीको अक्टोबरलाई तय गरिएको आसन्न महाधिवेशन र निर्वाचन को लागि बाटो खोल्नु पर्दछ। यो समस्या जापानमात्र नभईकन अन्य रास्ट्रहरुमा समेतमा फैलिन नदिन र नेपाली समाजलाई एकता भाइचारा र एनआरएन संस्थाप्रति गोलबद्ध राखी राख्न पनि केन्द्रले सत्य तथ्यलाई आत्मसात गरि तत्काल जुलाई ३० को निर्वाचन रद्द गरि तत्काल पुनः अर्को निर्वाचन गर्न गराउन आव्हान गर्न हामी हार्दिक अनुरोध साथ यो निबेदन गर्दछौ। जापानको समस्या हल गर्न तत्काल एनआरएनए आईसीसीले निम्न बमोजिम कार्य गरोस भन्ने हामी सबै प्रवासी नेपालीहरुको माग हो : १.जुलाई ३० को निर्वाचन तत्काल रद्द गरिएको घोषणा गरियोस्। धाधलीपूर्ण निर्वाचन बाट निर्वाचित भनिएको कथित कार्यसमितिलाई हामीले मात्र नभएर जापानवासी नेपालीहरुले पनि मान्यता दिएका छैनन । यथाशक्य चाडो निर्वाचन गरि वैध कार्यसमिति नबनुन्जेल सम्म हामी जापानवासी नेपालीले यो कथित समितिलाई कुनै पनि हालत मान्यता दिने छैनौं । २.जुलाई ३० को निर्वाचन रद्द नगर्दा सम्म एनआरएनए जापानको नाममा रहेको आर्थिक कोष २०१९ -२०२१ को कार्यसमितिसंग यथा अवस्थामा रहिरहने समेत जानकारी गराउदछौ। ३. वैधानिक कार्य समिति नबने सम्म एनआरएनको नाममा कसैले कुनै पनि कार्यक्रम जापान वा जापानको एनआरएनको नाममा कहिँ कतै भए गरेमा गर्न लगाएमा वाधा अवरोध गरिने छ। ४. जापान लगायत विश्वभर रहेको सबै संघसस्थालाई जापानको कथित अवैधानिक कार्यसमितिले गर्ने कुनै पनि कार्यक्रममा सहभागी नहुन समेत हार्दिक आह्वान गर्दछौ। ५.कथित अबैधानिक कार्य समितिका सम्पूर्ण साथीहरुले आफ्नो मनलाई ठुलो बनाएर धाधलीपूर्ण भएको निर्बाचन रद्द गर्न एवम यस्तो धांधलीपूर्ण निर्बाचन गरि बनाएको भनिएको अवैधानिक कार्यसमितिमा म, हामी बस्दैनौ भनि एकल वा समुहगत रुपमा घोषणा गरि ‘स्वस्थ र स्वच्छ एनआरएनए’ बनाउन सहयोग गर्न हार्दिक अनुरोध गर्दछौ। ६.बिगत लामो समय देखि एन आर एन जापानमा सदस्य भई काम गरी रहेको पंजीकृत सदस्य तथा बिभिन्न पदहरुमा बसी काम काम गरेको सदस्य हरुलाई उचित रुपमा ६५%, निर्बाचन बाट चुनिएर जाने पंजीकृत सदस्य बाट २५ % र एन आर एन जापान लाइ बिसेष योगदान दिएको सदस्य हरु बाट १०% प्रतिनिधित्व हुनु पर्ने मा निर्बाचन लगायतको आवस्यक प्रकृया केहि पनि नगरी सदस्य नभएको, भ्रस्टाचारको अभियोग लागेको सदस्य तथा उनीहरुको परिबार, कहिल्यै एन आर एन मा काम नगरेका एन आर एन भन्ने थाहा नै नभएकोहरु लाइ समेत सदस्य बन्ने निर्बाचन प्रतिनिधि समेत बनाएको,संस्थामा लामो समय योगदान दिएका हरुलाई पाखा लगाएर सामान्य जानकारी पनि नभएका मान्छे हरुलाई भोट बैंक को रुपमा एक पक्षिय नामावली पठाईएकोले सो समेत बदर गरि पाउन अनुरोध गर्दछौ। ७. अद्वितीय ज्ञानको भण्डार मानिएको यो संस्थामा जसरि पनि पद प्राप्त गर्नुपर्छ भन्ने कलंकितहरुको बर्चस्व बढदै गएकोले यो पबित्र संस्था दुर्गन्धको महासागर बन्ने सम्भावना अत्यधिक बढ्दै गएको छ। यति धेरै प्रमाणहरु छताछुल्ल हुदाहुदै पनि जनमतको अपमान गरि अगाडी बढ्ने चेस्टा गरिएमा सारा प्रवासी जापानी नेपालीको सहकार्यमा समानान्तर समिति बनाएर भएपनि गलत प्रवृतिको विरुद्ध हामी लड्नु पर्ने अवस्था समेत आउन सक्छ भन्ने जानकारी समेत गराउदछौ। समानान्तर समिति बनाएर अगाडि बढ्न धेरै सुझावहरु आएकोले त्यस बिषयमा हाम्रो ध्यानकेन्द्रित भएको र त्यो अवस्थासम्म नपुराइदिन पुन: निवेदन गर्दछौ। निवेदक उम्मेदवारहरु डा.बलराम श्रेष्ठ – आइसीसी सदस्य (निवेदक संयोजक) राम हरी पुडासैनी आइसिसि सदस्य अनिता गुरुङ – अध्यक्ष उम्मेदवार नरेन्द्र कुमार बस्नेत (दिनेश) अध्यक्ष उम्मेदवार किरण बर्मा अध्यक्ष उम्मेदवार सरोज खत्री अध्यक्ष उम्मेदवार छत्र दाहाल – ब.उपाध्यक्ष उम्मेदवार बिष्णु प्रसाद घिमिरे उपाध्यक्ष उम्मेदवार जिबन कुमार गुरुङ उपाध्यक्ष उम्मेदवार बाल कृष्ण कंडेल (हिमाल) उपाध्यक्ष उम्मेदवार बिकाश बस्नेत उपाध्यक्ष उम्मेदवार दीकाराम कंडेल उपाध्यक्ष उम्मेदवार बुद्दी राज घिमिरे उपाध्यक्ष उम्मेदवार कालिका थापा महिला उपाध्यक्ष उम्मेदवार टिकाराम खरेल महासचिव उम्मेदवार कृष्ण प्रसाद खनाल कोषाध्यक्ष उम्मेदवार सचिन श्रेष्ठ कोषाध्यक्ष उम्मेदवार राजेश खनाल युवा संयोजक उम्मेदवार राम प्रसाद शर्मा धनपति (रामु ढकाल ) सदस्य उम्मेदवार राजु पनेरु सदस्य उम्मेदवार सुरेश सापकोटा (सुनिल) सदस्य उम्मेदवार राम बहादुर खत्री (अर्जुन केसी) सदस्य उम्मेदवार फडिन्द्र पहाडी सदस्य उम्मेदवार रामु कंडेल सदस्य उम्मेदवार थम बहादुर क्षेत्री सदस्य उम्मेदवार कृष्ण बहादुर थापा सदस्य उम्मेदवार तारा बहादुर कार्की सदस्य उम्मेदवार बिनय गुरुङ सदस्य उम्मेदवार मन्जु गिरी सदस्य उम्मेदवार