You are here
Home > समाचार > गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि एन आर एन कान्साइको तीन लाख आर्थिक सहयोग

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि एन आर एन कान्साइको तीन लाख आर्थिक सहयोग

ओसाका,माघ २१
दिपा कडेल,

गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापान कान्साइ क्षेत्रिय समितिले नेपालकै गौरवको परियोजना रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण लागि नगद तीन लाख रुपैया आर्थिक सहयोग गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ संचालन भैरहेको श्रीमद्भभावगत महापुराण एवं धनधान्याचल महायज्ञको शुभ अबसर पारेर सो रकम हस्तान्तरण गरिएको एनआरएनए कान्साईका संयोजक कृष्ण गैरेले जानकारी दिनुभयो।

गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापान कान्साइ क्षेत्रिय समितिले“धुर्मुश सुन्तली फ़ाउण्डेशनद्वारा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशालाको लागि सहयोग रकम हस्तान्तरण कार्यक्रम”लेखेको ब्यानर सहित रकम हस्तान्तरण गरिएको हो ।
सो अबसरमा एन आर कान्साइक उप-संयोजक हरि कंडेल,सल्लाहकार तथा अभिभावक राजु गैरे,मानार्थ सदस्य दिलीप कंडेल,सामाजसेवि नर नारायण कंडेल, समाजसेवि टिकाराम खरेल,विन्दु कंडेल तथा सिता खरेलको उपस्थिती रहेको थियो।

यस कार्यलाई सफल बनाउन समुन्द्र अर्याल र मदन मणि कंडेलले आ-आफ्नो भुमिका खेल्नु भएकोमा संयोजक कृष्ण गैरे तथा उप-संयोजक हरि कंडेलले उहाहरूलाई विशेष आभार प्रकट गर्नु भएको थियो। एनआरएनए कान्साईले विभिन्न समयमा विभिन्न ठाउमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि अवस्था हेरि सहयोग गर्ने स्मरण गराउदै उप-संयोजक तथा हाल कार्यवाहक संयोजक दिलीप शर्माले यसपाली गौतमबुद्ध क्रिकेट रङगशाला निर्माणका लागि सहयोग गर्ने प्रस्ताप अघि सारी कार्यसमिति तथा सल्लाहकार समितिसंग परामर्श गरि निर्णय गरेपछि कोषाध्यक्ष विष्णु सापकोटा एनआरएनए कान्साईका सचिव सुरेश सापकोटा लाई सम्पर्क गरि रकम नेपाल पठाउनु भएको थियो।यस्ता सहयोगहरूले आफूहरूलाई थप उर्जा प्रदान गर्ने भन्दै धुर्मुश सुन्तली फ़ाउण्डेशनको तर्फदेखि खुशि हुदै एनआरएनए जापान कान्साई परिवारलाई धन्यवाद प्रकट गर्नुभएको थियो।

Leave a Reply

Top