You are here
Home > प्रवास > एनआरएन कान्साईको आयोजनामा ओसाकामा निशुल्क कानुनी परामर्श कार्यक्रम सम्पन्न

एनआरएन कान्साईको आयोजनामा ओसाकामा निशुल्क कानुनी परामर्श कार्यक्रम सम्पन्न

दीपा कडेल
५ फागुन, ओसाका,जापान  

एनआरएनए जापान कान्साइ क्षेत्रिय समितीले ओसाकाको बेन्तेन्चोमा फेब्रअरी १२ तारिक निःशुल्क कानुनी परामर्श सेमिनार भव्यताका साथ सम्पन्न गरेको छ ।कान्साइमा रहेका नेपाली हरुलाई लक्षित गरी संचालन गरिएको उक्त सेमिनारमा ५० जना भन्दा नेपाली हरुको सहभागीता रहेको थियो।जापानीका कानुनी परामर्शदाता अधिकारी हिरोनोबु यामामोतोले जापानमा रहेका बिदेशीका अती लागी आवश्यक बिषयहरुमा जानकारी दिनु भएको थियो।सो सेमिनारमा प्राबिधिक इन्टन प्रशिक्षण प्रणाली र विशेष दक्षता भिषा,स्थाइ भिषा (पीआर),जापानमा विदेशीहरुलाई नागरिकताको अनुमति,कर र समाजिक बीमाको बारेमा जानकारी गराइएको थियो। जापानी भाषामा दिइएको जानकारीलाई संस्थाका सल्लाहकार रमेश बाबु घिमिरेले नेपाली भाषामा अनुवाद गर्नु भएको थियो।

कोषाध्यक्ष विष्णु सापकोटाको संयोजकत्व सम्पन्न उक्त सेमिनारमा संस्थाका सल्लाहकार रमेश बाबु घिमिरेले नेपाली भाषामा अनुवाद गर्नु भएको चार पृष्ठजति लामो जानकारीमुलक कागजात उपस्थित सम्पूर्णलाई वितरण गरिएको थियो।

कार्यक्रमको दोश्रो चरणमा एनआरएनए जापान तथा कान्साईका सल्लाहकार नरेन्द्र कुमार बस्नेत (दिनेश)ले ‘जापानमा विद्यार्थीका अवसर र चुनौती’विषयमा तयार पार्नु भएको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । बस्नेतको कार्यपत्र बाट आफूहरूलाई धेरै कुरा जान्ने, बुझ्ने तथा आगामी दिनका लागि प्रेरणा मिलेको भन्दै उपस्थित विद्यार्थीहरूले खुशी व्यक्त गरेका थिए ।
जापानमा नेपालीहरुको आगमनको शुरुवाती, नेपालीहरुको जनसंख्या परिवेश र बिषेशत : नेपाली बिद्यार्थीको अवस्था यहाँ प्राप्त हुने अवसरहरु र ति अवसर प्राप्तिका चुनौतीहरु जापान आउन चाहने र आएका बिद्यार्थीहरुको लागि अत्यन्तै उपयोगी भएको उपस्थितहरुले अनुभूत गरेका थिए ।सो सेमिनार बाट धेरैले लाभ लिएको सहकोषाध्यक्ष चुडामणी कंडेलले जानकारी दिनु भयो।
आफूले जानेबुझेको कुरा आफ्ना नजिकका साथिभाईलाई जानकारी गराउने हुँदा अप्रत्यक्षरूपमा धेरैले लाभ लिन सक्ने भन्दै संस्था निवर्तमान सहसचिव नर बहादुर थापाले यस्ता कार्यक्रमहरूको निरन्तरताको कामनासहित खुशि व्यक्त गरेका थिए ।

संस्थाका सहसचिव भूमप्रसाद गैरेले संञ्चालन गरेको कार्यक्रममा संस्थाका संयोजक कृष्ण गैरेले कार्यक्रमको उद्धेश्य बारे प्रष्ट पार्दै आगामी दिनमा यस्ता जानकारीमुलक कार्यक्रमहरू गर्दै जाने उपस्थित सबैमा जानकारी गराउनु भएको थियो।
एनआरएनए जापानका सल्लाहकार तथा एनआरएनए कान्साईका संरक्षक आत्माराम गैरेले शुभकामना मन्तव्यको क्रममा क्षेत्रिय समिति कान्साईले आयोजना गरेको यस कार्यक्रमको प्रशंसा गर्दै धेरैलाई फाईदा पुग्ने भन्दै कार्यसमितिलाई विशेष धन्यवाद ब्यक्त गर्नु भयो।

प्रश्नोत्तरको क्रममा सदस्य डेनिस पुनले प्रतिनिधि प्रश्न गर्दै धेरैका जिज्ञासाहरूलाई समेट्नु भएको थियो भने उपस्थित व्यक्तिहरू पनि आफ्ना प्रश्नहरूको जवाफ पाउँदा सन्तुष्ट भएको कुरा सहजै अनुमान गर्न सकिन्थ्यो ।

परामर्श दाता तथा कानुनी अधिकारी हिरोनोबु यामामोतो, नेपाली भाषा अनुवादक रमेश बाबु घिमिरे तथा मध्यस्थकर्ता दिलीप सुवेदीलाई सम्मान पत्र, नेपाली ढाका टोपी र भिजीट नेपालको खादाले सम्मान गरिएको थियो। सेमिनारमा संस्थाका उपसंयोजक दिलीप शर्माले यस्ता कार्यक्रममा धेरै भन्दा धेरै व्यक्तिहरूको सहभागिता गर्न गराउन सबैले पहल गर्नुपर्नेमा जोड दिदै अगामी दिनमा सबै तह र तप्कालाई समेट्दै एनआरएनएको गरिमामालाई उच्च राख्ने दायित्व सबैको भएको बताउनु भयो।

अन्त्यमा सबैलाई धन्यवाद ज्ञापान गर्दै संस्थाका संयोजक कृष्ण गैरेले कार्यक्रमको समापन गर्नु भएको थियो।

Leave a Reply

Top