You are here
Home > प्रवास > अनलाइन ठगीको नयाँ तरिका , यसरी फसिरहेका छन् अनलाइन ठगीबाट मानिसहरु !

अनलाइन ठगीको नयाँ तरिका , यसरी फसिरहेका छन् अनलाइन ठगीबाट मानिसहरु !

-नरेन्द्र बस्नेत दिनेश
अघिल्लो दुइ हप्ताको बिचमा तिन नेपाली एक बंगलादेशी र एक फिलिपिनी लाइ अनलाइन ठगि बाट जोगाउन सफल भइयो। यदि यो कोंबिनीमा काम गर्ने क्रममा भएको भए ठगिन लागेको भनेर पुलिश बोलाएर त्यो यथार्थपरक भएमा सम्बन्धित पुलिसले पुरस्कृत सम्म पनि गर्नेथियो होला गरिपनि रहेको यदाकदा सुनिन्छ तर रेमिट्यान्सको कर्मचारी भएपछि निश्चित प्रोटोकोल पालना गर्नु पर्ने र सेवाग्राहीको व्यक्तिगत बिबरण लाई पनि ख्याल गर्नु पर्ने भएकोले आफ्नो कर्म गर्ने अगाडी बढ्नेमै चलिरहेको हुन्छ।
यहाँ पुरस्कृत हुने कुरालाई प्राथमिकता दिने भन्दा पनि पछिल्लो समय बढेको ठगीको नया प्रारुप जानकारी गराउने क्रममा थोरै भूमिका बाध्न खोजेको मात्रै हो यसलाई कसैले अन्यथा नलिनु होला।
पछिल्लो समयको अनलाइन ठगीको प्रारूप कस्तो छ त?
बिबिध सहयोगी जानकारी राख्ने क्रममा मैले केहि समय अगाडी अनलाइन ठगि अन्तर्गत “रोमान्स ठगी” बाट जानेर या अन्जानमा ठगिन पुगेका हरुको अनुभब समेट्दै केहि जानकारी राखेको थिए ।
आज भने अनलाइन ठगि अन्तर्गतको लोन लिनको लागि भनेर अग्रिम भुक्तानी गर्नुपर्ने भन्ने क्रममा कसरि ठगिएका छन् भन्ने पछिल्लो केहि घटनाक्रम हरु सेयर गर्दैछु।
सामाजिक संजालले हाम्रो जीवनमा जति सुलभता दिएको छ त्यसको यथार्थपरक प्रयोगमा चुक्दा खेरि धेरै नै नोक्सानी पनि पुर्याउने गरेको छ। यस्तै क्रममा आजभोली बैंक लोन बिना झन्झट सजिलै प्राप्त हुने भन्ने खालका बिबिध बिज्ञापन हरु फेसबुकमा Sponsored भएर आएको हुन्छ र त्यो क्लिक गरेमा सम्बन्धित व्यक्तिलाई ठगहरुको गिरोहले लोन लिने प्रक्रियामा अगाडी बढ्न inbox मेसेज गर्ने गर्छन। शुरुमा बिना धितो या बिना डकुमेन्ट ३ देखि ५ लाख सम्म या त्यो भन्दा बेसी लोन पाउने भनेपछि त्यसबाट प्रलोभित भएर प्रक्रिया शुरु गरेका लाइ बिस्तारै लोन प्रक्रिया अगाडी बढाउने निश्चित शुल्क लाग्ने र त्यो शुल्क भुक्तानी गर्ने बित्तिकै लोन पास गरेर सम्बन्धित व्यक्तिको खातामा पैसा हालिने जानकारी ठग हरुले गराउने गरेका छन्।
हालसम्म देखिएको घटनाहरुमा यसरि ठगि गर्ने गिरोह धेरैले फिलिपिनको नाम ठेगाना कतिपयले बैंक डिटेल सहित दिएर प्रक्रिया अगाडी बढाउन प्राप्त हुने रकमको १० % जस्तै ३ लाख येन लोन प्राप्त हुने वाला छ भने ३०,००० येन जति तत्काल पठाउन भन्नुको साथै अवस्था अनुसार जापान बाट पैसा पठाउन मिल्ने ठाउको जानकारी समेत उनीहरुले नै दिने गर्छन।उनीहरुले भने अनुरुपको पैसा पठाएपछि मात्रै लोनको प्रक्रिया अगाडी बढ्ने भनेपछि आर्थिक समस्या झेलिरहेका बिषेशत बिद्यार्थीहरु बिना कुनै धितो ३ देखि ५ लाख या आफुले अनुरोध गरेअनुरुप लोन पाउने प्रलोभनमा ऋण खोजेर भएपनि उल्टै अनुमानित प्राप्त हुने रकमको १० % येनको ऋण आफ्नो थाप्लोमा बढाएर ठगीको शिकार हुन पुग्छन।
जापानमा बसेर जापानकै बैंक बाट लोन लिन लाइ त कति धेरै प्राबधान हरु हुन्छन भने विदेशको बैंक बाट त्यो पनि अनलाइनको माध्यममा कुरा गरेको भरमा बिना कुनै आधार ऋण पाउछ भनेर कसरि विश्वास गर्न सक्छन होला जस्तो लाग्छ।
सानो प्रलोभनमा पर्दा मानिसहरु कसरि ठगीइरहेका छन् भन्ने यस्ता धेरै उदाहरण हरु आजकल बढ्न थालेका छन्।
अचम्मको कुरा त के छ भने रेमिट्यान्सको काम गर्ने क्रममै लामो समयदेखि चिनजानको फिलिपिनको सेवाग्राही पनि उस्तै घटनामा ठगिन लागेको पाएर वहालाई पनि ठगीको बारेमा जानकारी गराइयो। सर्बप्रथम त एकै देशको भएको र पैसा पठाउनको कारण सोध्दा पनि त्यति धेरै शंका गर्नुपर्ने आधार कम रहने भएकोले हामीलाई पनि ठ्याक्कै पहिचान गर्न अलिक गाह्रो भएको हो तर सम्बाद लाइ अगाडी बढाउदै थप बिबरण माग गर्दै सम्बाद अगाडी बढाएपछि फिलिपिनको हाम्रो नियमित सेवाग्राही पनि ठगीबाट जोगिन सहयोग गरेकोमा कृतज्ञ भएर फर्किनुभयो।
(लेखक लामो समय देखी जापानलाई कर्म थालो बनाउदै सामाजिक अभियानमा सकृय हुनुहुन्छ ।)

Leave a Reply

Top