You are here
Home > समाचार >  सर्लाहीमा पीकअप दुर्घटना, एकको मृत्यु, २५ बढी घाईते

 सर्लाहीमा पीकअप दुर्घटना, एकको मृत्यु, २५ बढी घाईते

सर्लाही, साउन २२ गते ।

सर्लाहीको लालबन्दीमा सुक्रवार दिउँसो पिकअप भ्यान पल्टिँदा एक युवकको मृत्यु भएको छ भने २५ जना भन्दा बढी घाईते भएका छन् ।
फुटबल खेल्नका लागि खेलाडी बोकेर परवानिपुरतर्फ हिँडेको प्रदेश–२–०३००१ च ०८४६ नम्वरको पिकअप भ्यान लालबन्दी नगरपालिका–६, स्थित फुटबल चौर अगाडि दुर्घटनामा परेको हो । सुक्रवार दिउँसो पौने ४ बजेतिर दुर्घटनामा लालबन्दी नगरपालिका–९, बस्तीपुरका १७ वर्षीय प्रल्हाद दाहालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिनुभयो ।
दाहालको उपचारका क्रममा नमूना अस्पताल हरिवनमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाईते भएका अन्य ६ जनालाई थप उपचारका लागि वीरगन्ज र भरतपुर रेफर गरिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।
सामान्य घाईते २२ जनाको लालबन्दीको गढिमाई र मोडेल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको सबैको अवस्था सामान्य रहेको र धमाधम डिस्चार्ज भइरहेका प्रहरी निरीक्षक थापाले बताउनुभयो । दुर्घटनापछि पिकअपका चालक फरार छन् ।
दुर्घटना लगत्तै प्रहरी र आफूहरु मिलेर घाईतेहरुको उद्धार गरेको लालबन्दी नगरपालिका–९, का वडाध्यक्ष गोपाल प्रसाद घिमिरिले जानकारी दिनुभयो ।

समाचार स्रोत, गोरखापत्र अनलाइन

Leave a Reply

Top