ओखलढुंगाको रुम्जाटार विमानस्थल सञ्चालनमा आउन नसक्दा सर्वसाधारण मारमा समाचार June 19, 2022June 19, 2022 ५ असार,काठमान्डौ । कुनै बेला यात्रुको थेगिनसक्नुको भीड हुने ओखलढुंगाको रुम्जाटार विमानस्थल अहिले बन्द भएको छ ।सडक सञ्जाल गाउँगाउँमा पुगेर काठमाडौं, विराटनगर लगायतका शहरसम्मको यात्रा सहज भएका कारण यस विमानस्थल बन्द भएको हो । विमानस्थल सञ्चालनमा आउन नसक्दा सर्वसाधारण मारमा परेका छन् । रुम्जाटार विमानस्थल सञ्चालनमा नआउनुको मुख्य कारण यात्रुको विश्वास गुमाउनु पनि हो । कुनै बेला काठमाडौं–रुम्जाटार निकै चलन चल्तीको एयरपोर्ट थियो । काठमाडौबाट ओखलढुंगा सदरमुकाम पुग्न र ओखलढुंगाबाट काठमाडौं आउन यहि विमानस्थल भएर ओहोरदोहोर गर्नुपर्ने बाध्यता थियो । तर, बाटोको सञ्जालले ओखलढुंगासम्मको यात्रालाई छिटो र सहज बनाइएपछि अहिले यो निकै चल्तीको एयरपोर्ट चल्नै छाडेको छ । कहिले मौसमको कारण नियमित उडान हुन नसक्ने र डिले जस्ता कारणले पनि यात्रुले हैरानी बेहोर्नु पर्दा ओखलढुंगेलीहरूलाई सडकबाटै यात्रा गर्न सहज भएको हो । ओखलढुंगाको रुम्जाटार र चण्डेश्वरीमा रहेका दुई वटा विमानस्थलमा नै नियमित उडान हुन सकेको छैन् । रुम्जाटार विमानस्थलमा बजेट सक्न कालोपत्रे चाहीं गरिएको छ । तर, नियमित उडान चाहिं कटौती गरिएको छ । चण्डेश्वरी विमानस्थलमा पनि परीक्षण उडान भरिएसँगै पुनः जहाज फर्किएको छैन् । सिद्धिचरण नगरपालिका(४ रुम्जाटारमा रहेको यो रुम्जाटार विमानस्थल लामो समयदेखि बन्द छ । सधै यात्रुले खचाखच हुने यो विमानस्थमा यात्रुको खडेरी लाग्न थालेपछि उडान बन्द गरिएको बताएको छ ।