You are here
Home > प्रवास > नेपालको कृषि क्षेत्रमा केन्द्रित रहेर नेपाल जापान डाइलग सिरिजको दोश्रो श्रृंखला सम्पन्न

नेपालको कृषि क्षेत्रमा केन्द्रित रहेर नेपाल जापान डाइलग सिरिजको दोश्रो श्रृंखला सम्पन्न

जापानमा रहेर विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरु बीच सम्बन्ध विस्तार गर्ने र आफुले जापानबाट सिकेको ज्ञानलाइ अरु माझ पुर्याउने हेतुले यही डिसेम्बर १ तारिक सनिबारको दिन नेपालको कृषिमा केन्द्रित रहेर नेपाल जापान डाइलग सिरिजको दोश्रो श्रृंखला इतो रिसर्च हल टोक्यो युनिभर्सिटीमा समापन भएको छ ।जापानमा रहेका नेपाली विज्ञहरु र नेपाली राजदूताबास जापानको सहकार्यमा भएको कार्यक्रममा करिब ७५ जना नेपाली र जापानीहरुको सहभागिता रहेको थियो । कार्यक्रमक प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले यस्ता कार्यक्रम हरुमा राजदूताबासको सदैब सहयोग र सद्वाब रहने बताउने भएको छ। प्रररास्ट्र मन्त्रि माननीय प्रदिप कुमार ज्ञवालीको भर्खरै समापन भएको जापान भ्रमणमा पनि कृषिको बिषयमा जापानी निकायहरु संग छलफल भएको अवगत गराउदै डाइलग सिरिजको दोश्रो श्रृंखला समय सान्दर्भिक भएको जानकारी दिनु भयो।
चार घण्टा लामो कार्यक्रमलाई चार भागमा बिभाजन गरिएको थियो। कार्यक्रमका सहजकर्ता सिटिनेटका निर्देशक केन्द्र बरुआले नेपालमा हाल कृषिको अवस्था र यसलाई आधुनिकीकरण गर्न सकिने सम्भावनाहरु बताउनु भएको थियो। पहिलो सत्रको पहिलो बक्ताको रुपमा हिरोशिमा युनिभर्सिटीका प्राध्यापक डा. केशवलाल महर्जनले नेपालको कृषिको वर्तमान अवस्था र जापानी कृषिबाट सिक्न सकिने प्राबिधिक साथै ब्यापारिक पक्षहरु अौल्याउनु भएको थियो। दोश्रो बक्ता कुमामोतो युनिभर्सिटीका उप-प्राध्यापक डा. हरि देवकोटाले नेपाली जडीबुटीको जापानमा सम्भावनाबारे प्रकाश पार्नु भएको थियो। नेपाली हावापानि जडिबूटी उत्पादनको लागि उपयुक्त रहेको र जापानी नागरिक हरुलेपनि नेपालको जडिबूटीबाट बनेका सामग्रीमा रुचि राख्ने बताउदै नेपालले उच्च स्तरका जडिबूटी जापान लगायत अरु देशमा निर्यात गरिनु पर्नेमा जोड दिनु भएको थियो। दोश्रो सत्रमा जाइति संस्थाका अध्यक्ष तोशिकजु मारुयामाले जाइतिले सस्थाको नेपालमा गतिबिधि साथै नेपालमा जापानी प्रविधिले गरिएको कृषि विषयमा चर्चा गर्नुभयो। त्यस्तै कावैसेन कृषि फर्मका संचालक मिनोरु कवाशिमाले नासपाती खेती र पोल्लेन खेतीका विषयमा धारणा राख्नु भएको थियो। उहाले जापानी नासपातीको तुलनामा नेपाली नासपातीलाइ किरा फत्यान्ग्राले कम नस्ट गर्ने र विभिन्न मौसममा पनि फल्न सक्ने गुण हरुको भएको अवगत गराउनु भएको थियो।बार्षिक १.१ बिलियेन येन बराबरको पोल्लेन जापानले चीनबाट आयात गर्ने भएकोले येदि नेपालले पनि जापानलाइ पोल्लेन निर्यात गर्ने सके जापानी र नेपाली नस्पातिको हाइब्रिड नासपाती उत्पादन गर्न सकिने बताउनु भएको थियो।
यस्तै तेस्रो सत्रमा मेबिओल कम्पनीका सिइओ डा. युइचि मोरीले माटो बिना गर्न सकिने फिल्म खेतीको बारेमा चर्चा गर्नु भएको थियो। फिल्म प्रबिधि बाट फलाइने फलफूलहरु गुलियो र पौष्टिक हुने र यस् प्रविधिको मुख्य खर्च ग्रीन हाउसको खर्चले निर्धारण गर्ने बताउनु भएको थियो। कादिंचे कम्पनीका सिइओ डा. सोको आओकीले उहाको सस्था पाक एअर्थले नेपालको सिचाई प्रविधिमा गरिरहेको गतिविधिको विषयमा प्रकाश पार्नुभएको थियो।
कार्यक्रमको चौथो सत्रमा नेपालका लागि पूर्व जापानी राजदूत मासाशी ओगावाले नेपाल र जापानबीच हुन सक्ने कृषिका सहकार्य विषयमा चर्चा गर्नुभएको थियो। नेपालमा अहिले राजनीतिक स्थिरता कायम भएकोले नेपालमा अब कृषि क्षेत्रमा बिकाश गर्न सहज हुने बताउनु भएको थियो।
त्यस्तै नेपाली दूताबाशका मिनिस्टर काउन्सेलर कृष्णचन्द्र अर्यालले सबैलाई धन्यबाद ज्ञापन गर्दै राजदूताबाशको तर्फबाट यी सुझाब हरुलाई सम्बन्धित निकायमा पुर्याउन पहल गर्ने बताउनु भएको थियो। कार्यक्रमको अन्त्यमा एहिमे युनिवेर्सिटीका सह प्राध्यापक नेत्र प्रकाश भण्डारीले प्रायोजक क्योदाई रेमिटान्स् (अाइ.एम.इ)लगायत अन्य सम्पूर्ण सहयोगी हात हरुलाई धन्याबाद दिनु भएको थियो।

Leave a Reply

Top