You are here
Home > समाचार > प्रधानमन्त्रीले संसदको अपमान गरेको समितिको आरोप

प्रधानमन्त्रीले संसदको अपमान गरेको समितिको आरोप

५ असार ,काठमाडौं । अमेरिकी स्टेट पार्टनरशीप प्रोग्राममा नेपालको सहभागिताका विषयमा छलफल गर्न बोलाइएको संसदीय समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित हुनुभएको छ ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री देउवालाई आज बिहानको बैठकमा बोलाएपछि प्रधानमन्त्री देउवा अनुपस्थित हुनुभएको हो । उहाँको सचिवालयले प्रधानमन्त्री धनगढीमा रहेको भन्दै बैठकमा उपस्थित हुन नसक्ने बताएको समितिकी सभापति पबित्रा निरौला खरेलले बताउनु भएको छ ।

आफूले आइतबार बिहानभर पनि प्रधानमन्त्रीलाई फोन गरेर बैठकमा उपस्थित हुन भने पनि प्रधानमन्त्रीले बेवास्ता गरेको भन्दै सभापति खरेलले प्रधानमन्त्री देउवाले संसदको अपमान गरेको आरोप लगाउनुभयो ।

Leave a Reply

Top