गैरआवसीय नेपाली संघ जापान कान्साई क्षेत्रीय समितिका नव निर्वाचित कार्यसमितीको सपथ तथा पदभार ग्रहण सम्म्पन्न प्रवास August 17, 2023 दीप्श्री अन्लाईन /कान्साइ । गैरआवासीय नेपाली संघ जापान क्षेत्रीय समिती कान्साइको नवनिर्वाचित कार्यसमितीका पदाधिकारीहरुले सपथ तथाa पदभार ग्रहण गरेका छन् । निर्वाचन समिति सदस्य नारायण स्टेभेन्सको अध्यक्षता तथा एन आर एन ए जापानका उपाध्यक्ष कृष्ण शर्मा गैरेको प्रमुख आतिथ्यतामा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो।हरी प्रसाद कंडेलको नेतृत्वमा रहेको नब निर्वचित कार्य समितिलाई कान्साइमा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना ब्यक्त गर्नु भएको थियो। कार्यक्रममा विभिन्न संघ संस्थाहरुको प्रतिनिधीहरु,निर्वाचन समितीका सदस्यहरु,संघका पुर्व कार्यसमितीका सदस्यहरुको उपस्थित रहेको थियो । कार्यक्रममा प्रतिबद्दता मन्तब्य राख्दै नव निर्बाचित कार्यसमितीको संयोजक हरी प्रसाद कंडेलले संस्थाको गौरबलाई कायम राख्दै सदैव नेपाली समुदायको हितमा कटिबद्ध भएर लाग्ने बताउनु भयो ।