नेपालि जनसम्पर्क समिति जापान,खान्साई क्षेत्रिय समितिको सभापतिमा ईन्द्रलाल सुबेदी सर्बसम्मत प्रवास समाचार February 26, 2022February 26, 2022 -दीप्श्री अन्लाईन,कान्साइ नेपालि काङग्रेसको प्रवासी संगठन नेपालि जनसम्पर्क समिति जापान,खान्साई क्षेत्रिय समितिको चौंथो अधिवेशन २०२२ फेब्रुरी २४ तारिकको दिन ओसाका सम्पन्न भएको छ ।यस अधिवेशन मार्फत सर्बसम्मत रुपमा ईन्द्रलाल सुबेदीको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ।समितिको उपसभापतीमा यदुमणी सापकोटा,तिलक र केसी दिपेन्द्र गैरे रहनु भएको छ भने सचिबमा डिल्लीराम सापकोटा सर्बसम्मत चएन हुनु भएको छ। यस्तै सहसचिबमा सुजन सापकोटा र बिष्णु प्रसाद कडेललाई चयन गरिएको नेपालि जनसम्पर्क समिति जापान,खान्साई क्षेत्रिय समितिले जानकारी दिएको छ ।यतै कोषाध्यक्षमा नन्दलाल सापकोटा (नन्दु),सहकोषाध्यक्षमा केशब प्रसाद सापकोटा रहनु भएको छ । सदस्य हरुमा गंगाधर कडेल,बल बहादुर क्षेत्री(मुकेस),भिमलाल सापकोटा(दिपक),भुमीश्वर अम्माई,लोकनाथ सापकोटा(बाबुराम) र लक्ष्मण न्यौपाने रहनु भएको बताइएको छ । उक्त अधिवेशनको उद्घघाटन कार्यक्रमका प्रमुख अतिथि जनसम्पर्क समिति जापानका पुर्व सभापति तथा नेपालि काङग्रेसको १४औं महाधिवेशन प्रतिनिधि डि.पि. कंडेल(डण्डपानी)गर्नु भएको थियो। अधिवेशनमा नेपालि काङग्रेस महासमिति सदस्य तथा १४औं महाधिवेसन प्रतिनिधि राजेन्द्र प्रसाद जमर्कट्टेल बिशिष्ट अतिथिको रुपमा रहनु भएको थियो। यस्तै अतिथिहरुमा नेपालि काङग्रेस १४ औं महाधिवेशन प्रतिनिधि तुलसि राम खरेल, त्यसैगरी नेपालि जनसम्पर्क समिति जापानका सल्लाहाकार आत्मराम शर्मा गैरे,नेपालि जनसम्पर्क समिति जापान खान्साई क्षेत्रिय समितिका संस्थापक सभापति एंव नेपाली जनसम्पर्क समिति जापानको केन्द्रिय सहमहामन्त्रि हरि प्रसाद कंडेल,एन. आर . एन . जापानका कोषाध्यक्ष कृष्ण शर्मा गैरे, लगायत एन. आर . एन . खान्साईका संयोजक दिलिप शर्मा गैरे, एकता समाज जापान संयोजक, यम लाल सापकोटा, प्रगतिशिल मञ्च खान्साईका समयोजक प्रकाश गैरे,नवलपुर समाज जापान खान्साईका संयोजक धन प्रसाद सापकोटा (सुरेश) लगायत अन्य बिभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो । यस अधिवेशन उद्घघाटन सत्रको सभापतित्व ऋषिराम सापकोटाले गर्नु भएको थियो। साथै कार्यक्रमको पहिलो सत्रको सञ्चालन जनसम्पर्क समिति जापान खान्साई क्षेत्रिय समिति पुर्व सचिव भावना गैरेले गर्नु भएको थियो ।त्यस्तै स्वागत मन्तब्य जनसम्पर्क समितिका पुर्व उपाध्यक्ष बेद प्रसाद कंडेलले ब्याक्त गर्नु भएका थियो जनसम्पर्क समितिको २०१९-२०२१ कार्यकालको आर्थिक प्रगति प्रतिबेदन पुर्व कोषाध्यक्ष डिल्ली राम सापकोटाले प्रस्तुत गर्नु भयको थियो