साबधन ! जापानी भाषा बिद्यालय तथा भोकेशनल कलेजले झुक्याउलान प्रवास विचार July 24, 2018July 25, 2018 -नरेन्द्र बस्नेत दिनेश जापानमा नेपालीहरु कहिले देखि कसरि आउन थाले भनेर ठोकवा गर्न कसैले नसके पनि केहि तथ्यहरुलाई आधार मान्ने हो भने प्रधानमन्त्री देब शमशेर राणाको पालामा १९०२ सालमा आठ नेपाली युवाहरु तत्कालिन नेपाल सरकारको छात्रबृतिमा बिभिन्न विधामा अध्ययनको शिलशिलामा नेपाल बाट अप्रिलमा हिडेर जून १७,१९०२ मा पानि जहाज मार्फत टोक्योको योकोहामामा उत्रेको र उनीहरुनै जापान टेक्ने पहिलो नेपाली भनिएको छ। संसारको अति बिकशित देश मध्येको एक जापानमा पनि नेपालीहरुको संख्या २०१० देखि अत्यन्तै तिब्र गतिमा बढेको आंकलन गरिएको छ। यकिन डाटा राजदुताबास संग नभए पनि हाल जापानमा नेपालीहरुको संख्या झन्डै ८०,००० काटिसकेको आंकलन गरिएको छ जसमा आधा आधि बिद्यार्थी भएको अनुमान गरिन्छ। बिद्यार्थी भिषामा आएकाहरु मध्ये कतिपय आफ्नो अध्ययन अनुरुप रोजगारीमा लागेका छन् भने कतिपय ब्यापार ब्यबसाय तिर लागेका छन्। विद्यार्थीको बिषयमा कुरा गर्दा पछिल्लो समय विभिन्न खालका बिद्यार्थीहरुको बृदि भैरहेको छ,जसमा जापान सरकारको छात्रवृति मा आउने बिद्यार्थी,नेपाल सरकारको विभिन्न माथिल्लो तहमा कार्यरत सरकारी कर्मचारीहरु,नेपाल सरकारको कोटा अन्तर्गत प्राप्त सुबिधामा शैक्षिक बिदामा छात्रवृति अन्तर्गत आउने बिद्यार्थी र पछिल्लो समय भाषा अध्ययनको रुपमा जापान आउने बिद्यार्थी यसरि विभिन्न रुपमा आउने बिद्यार्थीहरु मध्ये भाषा बिद्यार्थीको रुपमा अर्थात् नितान्त आफ्नो खर्चले आउने बिद्यार्थीहरुको स्थिति भने कठिनपूर्ण नै छ। अझै पछिल्लो समय बिद्यार्थी भिषा अध्ययनको लागि भन्दा पनि जापान छिर्ने हतियारको रुपमा प्रयोग हुन थालेको छ । झन्डै २०१० पछि आक्रामक रुपमा बढेको भाषा बिद्यार्थीहरुको संख्या संग संगै विभिन्न किसिमका दुखद घटना हरु पनि वृद्धि हुदै गएका छन्। नेपाली परिवेश र संस्कार अनुसार अधिकांशमा नेपाल रहुन्जेल काम गर्ने बानि नपरेको,अनुभब नभएको,बिद्यार्थी भिषामा आउदा राम्रो संग नबुझी कन्सल्टेन्सीको मात्र एकोहोरो कुराले सपनामा उडेर आउने,आएपछि अधिकांस पढाइमा ध्यान नदिने पूर्ण रुपमा काममा मात्रै केन्द्रित भएर नितान्त पैसा को पिछाडी मात्र दगुर्ने(यद्दपि यो सबैमा लागु नहुन सक्छ)यसो गर्दै गर्दा पढाइ काम र अन्य कतिपय कुराहरुको तालमेल नमिल्दा शरीरलाइ प्रशस्त आराम नपुग्ने साथमा घरको आर्थिक परिस्थिति अनुसार नेपाल बाट आउदा खेरिको ऋणले थिच्दै जाने आदि इत्यादी कारणहरुले विभिन्न किसिमिका अकल्पनीय घटनाको शिकार भएर परदेशी भूमिमा जिबन त्याग्न पनि बाध्य भएका घटनाहरु वृद्धि भइरहेका छन् भने पछिल्लो समय जापानी भाषा बिद्यालय तथा यहाका भोकेशनल कलेज((सेन्मोन गाक्को)हरु ले पनि नेपाली बिद्यार्थी हरुलाई विभिन्न बहानामा हेप्ने पिडा दिने र मानशिक तनाब थप्दै बिद्यार्थीहरुको भबिस्यमा खेलबाड गर्ने खालको घटनाहरु पनि यदा कदा देखिन थालेको छन् । जस मध्ये यो पंक्तिकार आफैले केहि पिडित बिद्यार्थीहरुको गुनासोको आधारमा त्यस्त्ता कलेज प्रशासन संग लडेर,डटेर सानो सहयोग गर्न केहि हद सम्म सफल भएको उदाहरणहरु मध्ये पछिल्लो यहाँ प्रस्तुत गर्न चाहन्छु। धेरै मध्येको उदाहरण (१) ओसाका को तेंनोजी स्थित निच्यु बुन्का सेन्मोन गाक्को नामको कलेजमा अध्ययनरत बिद्यार्थी हरु मध्ये दुइ तिन जना भाइ हरु बाट जुलाई २ तारिक बेलुका हामीलाई गाक्को को कमजोरीको कारणले इमिग्रेसनले भिषा दिन मानेन र हामी तत्काल लाइ पिडित १२ जना भएको र त्यसमध्य कतिपय को भिषा यहि जुलाई १८,१९ मै सकिने र हामीलाई कुनै पनि हालतमा फर्किन अनुकुल हुदैन त्यसैले सहयोग गरि पाउ भनेर अनुरोध आएपछि मैले तत्काल भोलिपल्ट नै गाक्को(कलेज)मा गएर वास्तविकता के हो बुझेर सकेको प्रयास गर्छौ भनेर त्यो पिडित भनौदा भाइहरु संग कुराको बिट मारी,एन.आर.एन जापान,यहाको स्थानीय कार्यसमिति एन.आर.एन कान्साई लाइ जानकारी गराउदै हामीहरु आफै यहाको अधिकार कानुनी मान्यता प्राप्त व्यक्ति वा संस्था नभएर एउटा भोलनटियर संस्थाको व्यक्ति भएकोले नेपालीहरुको अभिभाबक नेपाली राजदुताबास लाइ पनि जानकारी गराउदै साथमा ओसाका कन्सुलर लगायत लाइ पनि जानकारी गराई भोलिपल्ट जुलाई ३ तारिक तत्काल वास्तविकता बुझ्न जाने निर्णय गर्यौ तर दुखद कुरा स्थानीय तबर बाट उपस्थित हुन लाइ कसैले पनि हिम्मत नगरेकोले म आफु र एन.आर.एन अभियन्ता महेश कटवाल जी गएर बिद्यालय प्रशासन संग सत्य तथ्य र त्यसको समाधानको लागि पहल गर्यौ।पहिलो छलफलमा गाक्कोको वास्तविकता बुझ्ने प्रयास गर्दै पिडित नेपाली बिद्यार्थी हरुको जसरि पनि आफ्नो अध्ययन लाइ निरन्तरता दिने चाहना लाइ हामीले बिशेष प्राथमिकता दिदै प्रशासन लाइ सक्दो दबाब दीने प्रयास गरेर पहिलो बार्ता लाइ बिट मारेर फर्कियौ र नेपाली राजदुताबास लगायत अन्य आबस्यक ठाउ र सहयोग गर्न सम्भावित लागेको साथी भाइहरु संग पनि परामर्श गर्दै अगाडी बढ्यौ तर हाम्रो भेटमा भए अनुरुपको तदारुकता कलेजले नदेखाएको भन्ने पिडित भाइ बैनीहरुको गुनासो लाइ मध्यनजर गर्दै पुनश्च फेरी हामि जुलाई ९ तारिक सोमबार कलेज गएर छलफल गर्ने निर्णय गरि म लगायत केहि साथि हरु पुनश्च गयौ जहाँ हामीलाई कलेजका प्रमुख ले सकारात्मक तरिकाले आफ्नो कमजोरी र विद्यालयको कमजोरी बारेमा प्रस्ट जानकारी गराउदै जसरि भएपनि बिद्यार्थी हरुको सुरक्षित अवतरण गराउने भन्नेमा हामीलाई बिस्वस्त पार्न खोज्नु भयो जसमा हामीले सम्पूर्ण पिडित बिद्यार्थी हरु लाइ एकैसाथ राखेर भिषा सकिने बिद्यार्थी हरु लाइ प्राथमिकता चरणमा राख्दै कलेज प्रमुख को अगाडी जसरि पनि पिडित बिद्यार्थी हरु जापान बाट नफर्की कन यहि पढाई लाइ निरन्तरता दिन मिल्ने गरि तत्काल लाग्न को लागि अनुरोध गर्यौ जसको लागि हामीलाई आबस्यक परे नेपाली राजदुताबास को यथेस्ट सहयोग हुने र यदि कलेज ले मन भित्रै बाट निस्वार्थ नलागेमा हामी बिद्यार्थी भाइ बैनी हरुको भबिष्य सुरक्षित पार्नको लागि र आगामी पिढी हरुको हित लाइ पनि ध्यानमा राख्दै जस्तो सुकै प्रशासनिक कदम पनि चाल्न सक्ने भनि चेतावनी स्वरुप केहि शाब्दिक अस्त्र को प्रयोग गर्यौ र परिणाम स्वरुप सबैको जापान बसेर अध्ययन लाइ निरन्तरता दिने भन्ने कुरा मा सफलता हात पार्न सफल भयौ,पछिल्लो समयको अपडेट अनुसार तत्कालिन अबस्थामा पिडित भनिएका १२ बिद्यार्थी मध्ये १ जना कलेज को प्रयासमा स्युसोकु अर्थात् रोजगार भिसा को लागि प्रक्रियामा अगाडी बढे एक जना आफ्नो स्वोइच्छाले नेपाल फर्कने भए भने अरु बाकि हरु सबै लाइ अन्य कलेज मा सफल स्थानान्तरण को प्रक्रिया अगाडी बढेर ऐले क्रमसः भिसा अप्प्लाई को प्रर्कियामा छन् भन्ने जानकारी प्राप्त छ। उदाहरण (२) ओसाकाको तेंनोजी को बिद्यार्थी हरुको समस्या आइपरेको नै बेलामा क्योटो को क्योटो कोकुसाई एकेडेमी मा अध्ययनरत बिद्यार्थी हरु मध्ये दुइ जना बिद्यार्थी हरु बाट पनि सहयोग को याचना को जानकारी आयो,बिद्यार्थी हरुको कुरो बुझ्दा उनि हरुले भाषा कलेजमा एक बर्षको अध्ययन सकेर दोश्रो बर्ष पढाई गरेको तर पढाई अत्यन्त कम्जोर रहेको भएपनि कलेज भने रेगुलर गएको र दोश्रो बर्षको आगामी २०१९ को मार्च सम्मको सम्पूर्ण कलेज को शुल्क चुक्ता पनि गरेको तर ऐले आएर भिषा थप्ने बेलामा कलेज प्रशासन ले पढाई कमजोरीको कारण देखाउदै भिसा थप्न नसकिने र नेपाल फर्काइने यद्दपि त्यस कलेज को ग्र्याजुएसन पछिको भोकेसनल कलेज लाइ लाग्ने(जुन कुरा विद्यालयको कार्य क्षेत्र बाहिरको र गैर्ह कानुनी ठहरिन सक्छ)एक बर्ष को शुल्क डिपोजिट को रुपमा कलेजमा बुझाएमा भिसा थप्न सकिने भन्दै अकल्पनीय र अशोभनीय सर्त राखेर बिद्यार्थी हरु लाइ मानसिक तनाब दिएको कुरा ले स्तब्ध बनायो जुन बिषयमा बिद्यार्थी हरु संग अझै राम्रो संग सत्य तथा बुझेर तत्काल बिद्यालय प्रसाशन संग कुरा गर्ने निर्णय गरि आबस्यक ठाउँ हरुमा जानकारी गराई जुलाई १३ शुक्रबार म एन.आर.एन कान्साईका केहि साथीहरु र एक क्योटोका स्थानीय नेपाली संग को साथमा बिद्यालय गयौ। जानु भन्दा अगाडी पिडित भनिएका बिद्यार्थी हरुको कमजोरी,केहि गल्ति हरु लगायत को बिषयमा मैले राम्रो संग बुझेर गएको थिए जसले बिद्यालय प्रसाशन संग डटेर प्रतिबाद गर्न सजिलो भयो।बिद्यालयमा पुगेपछि त्यहाको प्रशासन सुरुमा अशोभनीय र अमानविय तरिकाले प्रस्तुत भएपछी हामी पनि केहि कडाइ को रुपमा पेश हुन बाध्य भयौ अन्तत्वोगत्त्वो उनीहरु हामी संग कुरा गर्न राजि भए। यो बिषयमा मैले हामी जानु भन्दा अगाडी देखि नै राजदुताबासमा जानकारी गराएको थिए जस अनुरुप हामी पुग्नु भन्दा अगाडी नै राजदुताबास बाट उपनियोग प्रमुख कृष्ण चन्द्र अर्याल सर ले कलेजमा फोन गर्नु भएर नेपालीहरु प्रति देखाउनु भएको सदासयता र निभाउनु भएको अभिभाबकत्त्वोले पनि केहि हदसम्म सकारात्मक भूमिका खेल्यो, लामो समयपछि को बादबिबाद र छलफल पछि बिद्यार्थी हरुको पढाई अत्यन्त कमजोर भएकोले त्यसमा बिशेष गरि बिद्यार्थी र कलेज दुवै तर्फ संबेदनशील भएर अगाडी बढ्ने,विद्यार्थीले हालसम्म गरेका कमजोरी लाइ आत्मसाथ गर्दै आगामी दिनमा त्यस्ता गल्ति र कमजोरी लाइ नदोहोर्याउने गरि सुइकार गर्दै पिडित बिद्यार्थी को भिषा अनाबस्यक र अकल्पनीय सर्त हरु केहि नराखी रिन्यु गर्न आबस्यक तयारीको लागि कलेजले निस्वार्थ सहयोग गर्ने गरि मिलापत्र गरियो। यो कठिन परिस्थिति लाइ सहजीकरण को लागि अत्यन्त संबेदन शिल तरिकाले चिन्ता गरेर आबस्यक अनुसारको सहयोग र ढाडस दिनु हुने नेपाली राजदुताबासको जति नै प्रसंशा गरेर पनि कम हुन्छ, एन.आर.एन जापान को अध्यक्ष टाशी लामा जी ले आफ्नो ठाउ बाट सकेको प्रयास गर्नु भएको कुरा पनि थप उर्जा को बिषय रह्यो भनि स्थानीय स्तर मा केहि साथी हरुको सक्रिय भूमिका पनि अर्को उर्जाको बिषय रहयो। पछिल्लो समय यसरि बिकराल हुदै गएको समस्यामा कतै हाम्रै नेपाली भाई बैनी हरुको दोष छ भने कतै शोषक प्रवृतिका कलेज हरुको दोष छ ।यी त बाहिर आएका केहि प्रतिनिधि घटना मात्र हुन्,केहि समय अगाडी एन.आर.एन जापानले पनि ठुलो संख्या मा पिडित बिद्यार्थी हरुलाई लामो संघर्ष पश्चात न्याय दिलाउन सफल भएको थियो भने फुकुओका मा पनि सामान्य हिसाबले कल्पना नै गर्न नसक्ने खालको घटनामा त्यहाको केहि सक्रिय साथीहरुले अन्तिम समयमा जानकारी पाएपछि राजदुताबासको सहयोगमा उद्दार गर्नु भएको थियो। दिन प्रतिदिन बढ्दै गएको नेपाली बिद्यार्थी हरुको जनसंख्या संगै बढेका यस्ता समस्या हरुको निराकरण को लागि सर्बप्रथम बिद्यार्थी स्वयम् सचेत हुन अत्यत्न जरुरि छ भने त्यसपछि कलेजको छनोट मा पनि बिशेष ध्यान दिन जरुरि छ। जापान आउनु अगाडी बिध्यार्थीहरुले बुझ्नु पर्ने कुराहरु र यस घटना बाट हामीले पाठ सिक्दै सुधार गर्न सकिने मलाइ लागेका केहि बुदाहरु यहाँ राख्न चाहन्छु। १) जापान आउनुभन्दा अगाडी बिद्यार्थी हरुले कन्सल्टेन्सी ले देखाएको सपनामा मात्र नउडी कन जापान आएपछि को यहाको जिबनसैली,यहाको नियम कानुन रहनसहन हरुको बारेमा विभिन्न माध्यम हरु बाट बुझ्ने। जापान आएपछि यहाँ बसुन्जेल जुनसुकै तरिकाले जति नै समृद्ध नै भएको खण्डमा पनि भाषा दखलता अत्यन्त जरुरि भएकोले भाषा अध्ययन तथा सुधार मा बिशेस जोड दिने। २)जापानको नियम अनुसार बिध्यार्थिले हप्ता काम गर्न पाउने जम्मा २८ घण्टा हो भने कलेजको बिदा को समयमा तोकिएको अबधि भर दिनको आठ घण्टा काम गर्न पाइने लगायत का आबस्यक यहाका नियम कानुनका आधारभूत कुरा हरु सक्दो बुझेर आउने प्रयास गर्ने यदि यी कुनै कुराहरु नबुझिकन आएको खण्डमा जापान आएपछि आफु भन्द सिनियर हरु बाट बुझ्ने प्रयास गर्ने। ३)भाषा अध्ययनरत बिद्यार्थी हरुलाई भाषा कलेज बाट अनाबस्यक हेप्ने, अमानबिय ब्यबहार गर्ने,अकल्पनीय प्रेसर दिएर मेन्टल्ली हरयास गर्ने खालको कुरा हरु भएमा पेल्न खोज्ने कलेज बाट रतिभर पनि नडराई नेपाली राजदुताबास, एन.आर.एन जापान अथवा आफ्नो पहुच भएको ठाउँ मार्फत नेपाली समुदाय माँझ आफ्नो कुरा राख्ने, पिडित हरु भनेर कुरा राख्दा बिद्यार्थी हरु ले हामी लाइ भनेको कुरा हरु र सम्बन्धित कलेज मा गएर कुरा गर्दा बिद्यार्थी हरुले धेरै झुटा बोल्ने गरेको कारण सहयोग गर्न भनेर जाने हरु पनि लज्जित हुने कतिपय अवस्था भएकोले आफ्नो कमजोरी र गल्तिहरु भएमा नलुकाई कन स्पस्ट जानकारी गराउने । ४)जापानको कलेज हरु कुन कस्तो छ भनेर बुझ्न लाइ अत्यत्नै गार्हो हुने भएको ले आफुले जान खोजेको कलेजको पढाई को स्तर त्यसको ब्यबस्थापकीय हैसियत के कस्तो छ भन्ने बिषयमा सक्दो त्यो कलेज निर्क्योल गर्नु भन्दा अगाडी बुझ्ने प्रयास गर्ने। ५)पछिल्लो समय जापानका भाषा कलेज हरु र भोकेसनल कलेज हरु ले अत्यन्तै अमानबिय ब्यबहार गर्दै आएको र आफ्नो क्षेमता भन्दा बेशी बिद्यार्थी राखेर जापानको नियम उल्लङ्घन गरि बिद्यार्थी को भबिस्य माथि खेलबाड गरिरहेको घटना हरु बढी रहेको परिप्रेक्षमा नेपाली राजदुताबास को सहयोग लिएर जापान को कुन कुन ठाउको कुन कुन कलेज हरु इमिग्रेसन को ब्ल्याक लिस्ट मा छन् भन्ने कुरा जानकारी लिएर विभिन्न माध्यम बाट सुसुचित गराउने कुरा सम्भब भएमा थोरै भएपनि सम्भावित घटना हरु निर्मुल पार्न सहयोग हुनेथियो कि जस्तो लाग्छ। सामाजिक सहयोगका चुनौतीहरु: जापानको बिभिन्न ठाउमा बिभिन्न किसिमले पिडित विभिन्न बर्गको मानिस आफ्नो पिडा दर्शाउदै फोन गर्नु हुन्छ र हामी कतिपय मनकारी हरु त्यो दुखमा केहि भए पनि मलहम लगाउन सकिन्छ कि भनेर आफ्नो व्यस्त समय संगै पैसा खर्चिएर लागि पर्छौ, यहाँ व्यक्तिगत रुपमा लागे पनि संस्थागत रुपमा लागे पनि हामी कुनै कानुनी प्राप्त निकाय नभएकोले केहि बिशेष साबधानी अपनाउने पर्ने हुन्छ नभए उल्टै फशिने सम्भावना पनि त्यतिकै हुन्छ तर दुखको कुरा के छ भने पिडित भनिएका धेरैले सहयोगी मन हरुलाई सरकारी जागिर खाएर उनीहरुको सहयोग को लागि ड्युटीमा खटिएको जस्तै सम्झिने,(यद्दपि यो सबै मा लागु नहुन सक्छ)समस्या समाधानको क्रममा केहि अप्ठेरो यात्रा तय हुने भयो भने त्यस बाट पछि हटेर उल्टै सहयोग गर्न खोज्ने लाइ नै दोषी देखाउने खालको एकतर्फी स्वार्थी पन गर्ने पिडित भनाउदा को कारणले उल्टै सहयोग गर्न खोज्ने हरु पनि यदाकदा फसेको जानकारी जापानको नेपाली समाजमा ब्याप्त छ। त्यसर्थ कुनै पनि पिडित भनाउदा हरुले आफ्नो पीडालाई अन्तिम सम्म सम्झिएर इमान्दारिताको साथमा लड्ने प्रण गरेर मात्र सहयोग को याचना गर्ने गरौ जसले गर्दा आफ्नो ब्यस्त समय निकालेर सहयोग गर्नेलाइ पनि उत्प्रेरणा मिल्ने र पिडा दिन खोज्ने हरुले आगामी दिनमा त्यस्तो किसिमको हर्कत गर्न हिम्मत नगर्ने बाटो बन्न सकोश। -लेखक एन आर एन जापानका सल्हाकार हुन