You are here
Home > प्रवास > एनआरएनए जापानको विबाद समाधानको लागि भवन भट्टको संयोजनमा समिति गठन

एनआरएनए जापानको विबाद समाधानको लागि भवन भट्टको संयोजनमा समिति गठन

-दीप्श्री अन्लाईन,कान्साइ,

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानमा देखिएको विवाद समाधान गर्नका लागि एनआरएनए उच्च स्तरीय समितिका सदस्य भवन भट्टको समयोजकत्वमा छ सदस्यीय विवाद समाधान समिति गठन गरिएको छ ।

शनिबार जापानको सिज़ुओकामा सम्पन्न एनआरएनए आइसीसीका सदस्य, एनआरएनए जापानका पूर्व अध्यक्ष, राजनीतिक संगठनका प्रतिनिधि, एनआरएनए जापानको अध्यक्ष मण्डलका सदस्य तथा जापानको नेपाली समुदायमा सक्रिय विभिन्न क्षेत्रका व्यक्तित्वहरू सम्मिलित भेलाले एनआरएनए जापानमा पछिल्लो समय देखा परेको समस्या समाधानका लागि गठित सो समितिमा एनआरएनए उच्च स्तरीय समितिका अर्का सदस्य देवमान हिराचन, एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग, एनआरएनए विधान संशोधन मस्यौदा समितिका सदस्य भूषण घिमिरे, एनआरएनए जापानका पूर्व अध्यक्ष रोशन केसी र सुदन थापा रहेका छन ।

जापानमा भएका एनआरएनए अभियन्ता तथा अग्रजहरूको संयुक्त भेलाले एनआरएनए जापानमा पछिल्ला दिनमा भए गरेका गतिविधिप्रति चिन्ता र चासो व्यक्त गर्दै यस परिस्थितिबाट सबै पक्षलाई मान्य हुने गरि यथाशक्य छिटो निकास दिनुपर्नेमा सबैको एकमत राय प्रकट भै सोहि कार्य गर्ने ज़िम्मेवारी सो समितिलाई प्रदान गरिएको एनआरएनए आइसीसी सदस्य तुलसी राम खरेलले जानकारी गराए।

खरेलका अनुसार भेलाले समस्या समाधानको लागि सरोकारवाला पक्षसँग समन्वय, छलफल तथा आवश्यक अन्तरक्रियात्मक लगायतका विधिको अवलम्बन गरि पहिलो चरणमा सहमति गराउने प्रयास गरि निकास निकाल्ने र सो कार्य सफल हुन नसकेमा पुन निर्वाचन गराउने गरि म्यान्डेड प्रदान गरिएको छ ।
गत जुलाई ३० तारिक सम्पन्न निर्वाचनको परिणाम सार्वजनिक भएसंगै विजयी शिवप्रसाद पौडेल नेतृत्वको समूहले निर्वाचनको परिणामलाई स्वीकारेर जानुपर्ने भन्दै आफ़ना नियमित कार्य गर्दै आएको छ भने पराजित भएका २९ जना उम्मेवदारहरुको नेतृत्व गर्दै अनिता गुरुङ पक्षले मतदाताहरुले आफ्नो मताधिकार प्रयोग गर्न नपाएको र निर्वाचनमा स्वच्छ र निष्पक्ष निर्वाचनको भावना विपरित भएको भन्दै समानान्तर गतिविधि संचालन गर्दै आएको छ ।

Leave a Reply

Top