You are here
Home > प्रवास > जनसम्पर्क समिति जापान, कान्साई क्षेत्रिय समितिको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न

जनसम्पर्क समिति जापान, कान्साई क्षेत्रिय समितिको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न

नेपाली जनसम्पर्क समिति जापान,खान्साई क्षेत्रिय समितीले २०२२ मार्च १४ तारिक जापानमा रहेर बिभिन्न सामाजिक क्षेत्रको हितको लागी अतुलनीय योग्दान पुर्याउने बिभिन्न ब्याक्तित्व लाई एक कार्यक्रमका बिच सम्मान गरेको छ। यस समितिले समाज सेवीहरु आत्मराम शर्मा गैरे,तुलसी राम खरेल,हरि प्रसाद कंडेल, ऋषिराम राम सापकोटा,भावना गैरे ,यदुराम सापकोटा लगाएतका ब्यक्तित्वहरुलाई सम्मान गरेको हो । यसै गरी समाज सेवीहरु कृष्ण शर्मा गैरे, वेदप्रसाद कंडेल ,तोयानाथ रिजाल,महेश कुमार कटुवाल,नरेन्द्र बस्नेत (दिनेश),भुमिराज दवाडी,बिकास पराजुली,लगाएत लाई सम्मान गरिने कार्यक्रम रहेपनी उहाँहरूको समय ब्यस्तताको कारण कार्यक्रममा उपस्थित हुन नसक्नु भएको जनसम्पर्क समितिले जापान कान्साई क्षेत्रिय समितिले जानकारी दिएको छ।सम्मानित ब्यक्तीत्वहरुलाई मायाको चिनो र सम्मान पत्र प्रदान गरेको थियो। यस कार्यक्रमको सभापतित्व जनसम्पर्क समिति जापान खान्साईका सभापति ईन्द्रलाल सुबेदीले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथीमा एन.आर.एन. जापान कान्साईका संयोजक दिलीप शर्मा गैरे हुनुहुन्थ्यो ।

कार्यक्रममा स्वागत मन्तब्य जनसमम्पर्क समिति जापानका उपसभापति यदुमणि सापकोटाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जनसम्पर्क समिति जापान कान्साईका सचिव डिल्ली राम सापकोटाले गर्नु भयको थियो ।ओसाकाको ईमाजातो स्थित ईण्डियन नेपाली रेष्टुरेण्ट लुम्बिनीमा सम्पन्न कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधि हरुको उपस्थिती रहेको थियो।कार्यक्रममा बोल्दै नेपाली काङग्रेसको १४औं माहाधिवेशन प्रतिनिधि तुलसी राम खरेलले जनसम्पर्क समिति जापान खान्साई क्षेत्रिय समितिको सक्रियताको प्रसंशा गर्दै जापानमा बसोबास गर्ने नेपाली समुदाय तथा संघ संस्था बिच सहकार्य गर्नुमा पर्नेमा जोड दिनु भयो।यसै कार्यक्रमका जनसम्पर्क समिती जापानका केन्द्रिय सल्लाहाकार आत्मराम गैरेले जनसम्पर्क समिति जापान केन्द्रिय समितीको कार्यशैली प्रति चासो ब्यक्त गर्नु भयको थियो ।

त्यसै गरी जनसम्पर्क समिती कान्साईका संस्थापक सभपती एंव केन्द्रिय सहमाहान्त्रि हरि प्रसाद कंडेलले जनसम्पर्क समिति जापानको केन्द्रिय अधिवेशन तथा तथा नेपालमा हुन गैरहेको स्थानिय निकायको निर्वाचनमा के कसरी जनसम्पर्क समिति जापान कान्साई क्षेत्रिय समिति प्रस्तुत हुने यस बारेमा चर्चा गर्नु भएको थियो। त्यसै गरी कार्यक्रममा जापानको बिभिन्न क्षेत्रमा बसोबास गर्दै आउनु भएका नेपाली दाजुभाई तथा दिदी बहिनी बिच आपसी सद्भाव ,भाईचारा र सहकार्य अपरिहार्य रहेको कुराको चर्चा संगै जनसम्पर्क समिती जापानले सधै सहयोगीको भुमिका खेल्ने कुरामा सबै जना एक मत हुनुहुन्थ्थो ।बिगतमा जस्तै आगामी दिनमा पनि जनसम्पर्क समिति जापान खान्साई क्षेत्रिय समिति बाट सामाजिक कार्यमा सक्रियता कायम रहने कुरामा समिति प्रतिबद्ध रहेको कुरा यस क्षेत्रिय समितिका सभापति ईन्द्रलाल सुबेदीले उल्लेख गर्नु भयो ।यस कार्यक्रमको बारेमा यस संस्थाका सचिब डिल्ली राम सापकोटा ले जानाकारी गराउनु भएको थियो।

Leave a Reply

Top