
काठमाण्डौ ।
नेपालीकी पहिलो महिला सरोदवादक रुपा न्यौपानेको तीज गीत आज सार्वजनिक भएको छ।रुपा न्यौपानेको स्वर र संगीत रहेको उक्त गीतलाई गीतकार तथा ज्योतिष कल्पना अधिकारीले रचना गरेकी हुन्।
अहिलेको समयमा बढ्दै गएको फेसबुकको क्रेजलाई गीतमा दर्शाईएको छ । दिपक रमणले निर्देशन गरेका उक्त गीतमा कलाकार कृष्णा खड्का र माया नगरकोटीको मूख्य नृत्य रहेको छ ।
केही समय देखी हात भाच्चिएर सरोद बादनबाट बिस्राम लिएकी न्यौपानेले तीजको गीत मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेकी हुन। संचारकर्मी समेत रहेकी न्यौपानेको यस अघी भजन तथा लोकगीत समेत बजारमा आइसकेको छ। फलैचे संगीत मार्फत देशका बिभिन्न स्थानमा आफ्नो प्रस्तुती पस्किसकेकी न्यौपानेले पहिलो पटक बजारमा आएको तीज गीत बाट आफु निकै आसाबादी रहेको दिपश्रीलाई जानकारी दीइन। साउन्ड मिल रेकर्डिङ स्टूडियोमा रेकर्ड गरिएको यस गीतलाई मिक्सिङ मास्टर महेश्वर राज भण्डारीको मिक्सिङ रहेको छ।