
कान्साइको ओसाकामा गत अगस्ट १३ तारिक स्टार ग्रुप र ओएनएस ग्रुपको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ तथा परामर्श शिविर सम्पन्न भएको छ ।जापानका बिभिन्न शहरहरुमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कान्साइकाम रहनु भएका नेपालीहरुको स्वास्थ्य परीक्षण गर्नु भएको थियो । ८० पुरुष,३४ महिला सहीत ११४ जनाले स्वास्थ जाच तथा परामर्श सेवा प्राप्त गर्नुभएको उक्त शिबिरमा मानसिक रोगको लागि परामर्श,मुटुको नि:शुल्क भिडियो एक्सरे,स्त्री रोग,मधुमेहको बिशेष जाँच,अस्पतालमा प्रयोग हुने जापानी भाषाको नेपाली उच्चारण र अर्थ सहितको बुकलेट बितरण गरिएको थियो ।
कान्साइमा पहिलो पटक आयोजना गरिएको शिबिरमा चिकित्सकहरु डा.विजय ज्ञवाली, डा. सन्दिप शाक्य,डा.प्रकाश शाक्य,डा. प्रितम गुरुड,डा.सुमन श्रेष्ठ,डा.श्रिया श्रेष्ठ,डा.सामन्त ताम्राकार,डा. शौजन्य राज भन्डारी तथा नर्सहरु सिर्जना गुरुड,छिरिड डिक्की,लक्ष्मण गैरेले सेवा प्रधान गर्नु भएको थियो । इकुनो कुमिन सेन्टरमा सन्चालन भएको निशुल्क स्वास्थ तथा परामर्श शिविर बाट आफुहरुलाई धरै फाईदा भएको सहभागीहरुले प्रतीकृया दिएका थिए ।शिबिरमा सहयोग पुर्याउनु हुने स्वास्थकार्मी हरुलाई सम्मन गरिएको थियो ।उक्त सिबिरमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्णलाई आयोजकले आभर प्रकट गरेको छ ।स्टार ग्रुप र ओएनएस ग्रुप यस अघि पनी बिभिन्न कार्यक्रम सन्चालन गर्दै आएका छन ।