ओकायामा नेपाली समाजले बाँड्यो विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी विविध समाचार December 11, 2019 मंसिर २५ गते । चितवनको विकट राप्ती नगरपालिका १२ स्थित ग्लाउथोक आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी बुधवार वितरण गरिएको छ । खैरहनीका समाजसेवी मुरली प्रसाद गजुरेलको समन्वयमा ओकायामा नेपाली समाजले करिव ८२ हजार बरावरको सामाग्री वितरण गरिएको हो । विद्यालयमा अध्ययनरत ५५ जना विद्यार्थीहरुलाई एक थान स्वीटर,एक थान झोला ,कापी ,कलम वितरण गरिएको थियो । न्यानो कपडा र स्टेशनरी वितरणका लागि ओकायामा नेपाली समाज २०१६ का अध्यक्ष प्रेम आचार्य,राप्ती १२ का वडा सदस्य अशोक तामाङ,समाजसेवी मुरली प्रसाद गजुरेल,शिक्षाप्रेमी घनश्याम प्रधान,महिला समजसेवी अनिता खरेल ,समाजसेवी ज्ञानेन्द्रराज पाण्डे लगायतको टोली विकट ठाउँ ग्लाउथोक विद्यालय पुगेका थिए । ग्लाउथोक विद्यालय पुग्न भण्डारा वजारबाट करिव १ घण्टा गाडी र १ घण्टा पैदल हिडेर पुग्न सकिन्छ । न्यानो कपडा र स्टेशनरी प्राप्त गर्दा चेपाङ विद्यार्थी तथा उनीहरुका अभिभावकहरु खुसी देखिन्थे भने ओकायामा नेपाली समाजका अध्यक्ष प्रेम आचार्यले विकट ठाउँमा आएर सहयोग गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । सहयोग वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिप वहादुर प्रर्जाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक केशव प्रजाले विद्यालयको अवस्थाका बारे जानकारी गराएका थिए ।