You are here
Home > प्रवास > डि पी सापकोटा शुरेशलाई अध्यक्ष बनाउदै नवलपुर समाज जापान कान्साइ क्षेत्रीय समितीको दोश्रो अधिवेशन सम्पन्न

डि पी सापकोटा शुरेशलाई अध्यक्ष बनाउदै नवलपुर समाज जापान कान्साइ क्षेत्रीय समितीको दोश्रो अधिवेशन सम्पन्न

नवलपुर समाज जापान कान्साइ क्षेत्रीय समितीको दोश्रो अधिवेशन ओसाका क्योवासीमा रहेको अरुणाञ्चल रेष्टुरेन्टमा यही मिती २०१९ साल डिसेम्बर महिनाको १८ तारीख सम्पन्न भएको छ। केन्द्रीय प्रतिनीधि हरी प्रसाद कंडेलको प्रमुख आतिथ्यता र निवर्तमान अध्यक्ष मुक्तीराम खरेलको सभापतीत्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल बाट सहभागी हुनुभएका अभिभावक गुरु प्रसाद सापकोटा लाइ सम्मान गरीएको थियो।
उक्त अधिवेशन बाट अध्यक्षमा डि पी सापकोटा शुरेशलाई सर्बसम्मतीले चयन गरेको छ भने उपाध्यक्षहरुमा राम प्रसाद खरेल र चिन्तामणी सापकोटा रहनु भएको छ।यस्तै सचिवमा प्रकाश कंडेल,कोषाध्यक्षमा चन्द्रदत्त रापकोटा,सह सचिवमा तेजु के.सी रहनु भएको छ।

सदस्यहरुमा ठाकुर प्रसाद चालीसे,हरीश्चन्द्र सापकोटा,दिक्षा खरेल,प्रमिसा कंडेल चयन हुनु भएको नवलपुर समाज जापान कान्साइले जानकारी दिएको छ । १३ सदस्य रहने उक्त समिती मा ३ जना पछी कार्यसमितीले मनोनयन गर्ने निर्णय भएको बताइएको छ।
उक्त कार्यक्रम मा पुरानो समिती को सम्पुर्ण आर्थिक कारोबार पनी नयाँसमिती लाइ हस्तान्तरण भयको थियो ।
समितिले नयाँ आजीवन सदस्यमा भुमिश्वर अम्माइ लाइ स्वागत गरेको थियो ।

Leave a Reply

Top