एनआरएनए कान्साइ क्षेत्रीय समितिले सार्वजनिक गर्यो छात्रवृत्ति सम्बन्धी विवरण खुसी बाँडे खुसी बढ्छ प्रवास May 8, 2022May 8, 2022 दीप्श्री अन्लाईन,कान्साइ,जापन एनआरएनए जापान क्षेत्रीय समिति कान्साइले बिपन्न तथा जेहेन्दार ४३ जना छात्रछात्रालाई करिब ९ लाख बराबरको “एनआरएनए कान्साई छात्रवृति” प्रदानगर्ने भएको छ।नेपाल भरका रहेका विद्यालयबाट आवेदन परेका मध्यबाट ४३ जना बिपन्न तथा जेहेन्दार छात्रछात्रालाई २ वर्षसम्म वार्षिक १० हजारका दरले ८ लाख ६० हजार भन्दा बढि रकम सम्बन्धित विद्यालयको समन्वयमा प्रदान गरिने गरि शुक्रवार एक पत्रकार सम्मेलनको आयोजना गरि घोषणा गरिएको हो ।सरस्वती पूजाको दिन पारी एनआरएनए कान्साईले शिक्षाको महत्वलाई उजागर गर्दै “एनआरएनए कान्साई छात्रवृति”को लागि आवेदन फारम सार्वजनिक गरेसंगै देशका विभिन्न विद्यालयमा अध्ययनरत छात्रछात्राबाट प्राप्त आवेदन र सो विद्यालयको समन्वयमा छात्रवृतिका लागि छनोट गरिएको क्षेत्रीय समितिका संयोजक दिलिप शर्माले बताए । छनोट भएका बालबालिकाको लागि जापानमा रहेर विभिन्न पेशा व्यावसाय गर्ने ३५ जना सामाजिक व्यक्तित्वहरूले सो छात्रवृतिका लागि रकम व्यहोर्ने गरि गरिएको सो पत्रकार सम्मेलनमा संयोजक शर्माले जानकारी दिए । यस खालको छात्रवृतीलाई आउने कार्यसमितिले पनि निरन्तरता दिएर शिक्षा नै सबैभन्दा ठूलो धन हो र शिक्षित समुदाय बिना कुनै पनि देशको विकास र परिवर्तन सम्भव छैन भन्ने मान्यतालाई प्रवासबाट एनआरएनएको माध्यमद्वारा दिन खोजिएको शर्माको भनाइ छ ।नेपालका विकट तथा दुर-दराजका बस्तिहरूमा शिक्षा आर्जन गर्न बाल-बालिकाहरूलाई केहि मात्रामा भएपनि सहज होस भन्ने मान्यताका साथ कान्साइ क्षेत्रीय समितिले गरेको यो कार्य उदाहरणीय र सिक्न लायक रहेको एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले बताए ।भर्चुवल रूपमा भएको कार्यक्रममा नेपालका विभिन्न ठाऊबाट छात्रवृत्ति प्राप्त गर्ने विद्यालयका शिक्षक र बालबालिकाको समेत सहभागिता रहेको थियो ।कार्यक्रम शर्माको अध्यक्षता र सचिव तेजप्रकाश गुरूङको संचालनमा सम्पन्न भएको थियो ।