You are here
Home > प्रवास > धुम्बाराहिमा जेष्ठ नागरिक आवास गृह निर्माणका लागि एनआरएनए कान्साइको आर्थिक सहयोग

धुम्बाराहिमा जेष्ठ नागरिक आवास गृह निर्माणका लागि एनआरएनए कान्साइको आर्थिक सहयोग

गैरआवासीय नेपाली संघ जापानको क्षत्रिय समिति कान्साइलेजेष्ठ नागरिक आवास गृह निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।
काठमाडौँको धुम्बाराहिमा रहेको गरिब तथा असहाय बृद्धाहरुका लागि निर्माण भइरहेको ‘धुम्बाराहि लायन बृद्धाश्रम Dhumbarahi lion old age care home को लागि एनआरएन कान्साइ जापानले २,११,००० (दुई लाख ११ हजार रुपैया) सहयोग गरेको हो ।

लायन्स क्लब अफ धुम्बाराहीले एनआरएनएको नबनिर्बाचित पदाधिकारीहरुको सम्मानार्थ राखिएको एक कार्यक्रममा एनआरएन कान्साइका संयोजक कृष्ण गैर तथा कान्साइ ओसाकाबाट प्रतिनिधित्व गर्ने आइसिसि सदस्य तुल्सी राम खरेल, निबर्तमान केन्द्रिय सल्लाहकार नरेन्द्र बस्नेत, केन्द्रीय सदस्य महेश कटवाल समाजसेवी राजु गैरे लगायतको रोहबरमा लायन्स अगूवा प्रमुख धनराज भडेल र उनको टिमलाई उक्त रकम हस्तान्तरण गरिएको थियो ।

उक्त अवसरमा लायन्स तथा निबर्तमान आइसिसि सदस्य टंक गैरे, लायन्स तथा एसिया प्यासिफिक नवनिर्बाचित संयोजक गोबिन्द श्रेष्ठ (रोबिन्द) एनआरएनए उपाध्यक्ष मन केसी लगायत बिभिन्न देशक नवनिर्वाचित पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सोहि अवसरमा एनआरएन कान्साइको सहयोगमा थप् सहयोग गर्दै कान्साइ ओसाकाबाट प्रतिनिधित्व गर्ने आइसिसि सदस्य तुल्सी राम खरेलले पनि १,०१,००० (एक लाख एक हजार रुपैया) सहयोगको घोषणा गरेका थिए ।

कान्साइबासी नेपालीहरुको पसिनाको कमाइबाट जोगाउदै संकलन गरिएको उक्त सहयोग रकमको उचित सदुपयोग हुँदै निर्धारित समयभित्रै बृद्धाआश्रम निर्माण सम्पन्न गर्न एनआरएन कान्साइका संयोजक कृष्ण गैरेले सबैलाई एकजुट हुन आग्रह गर्दै यस अभियानमा साथ र सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गरेका थिए ।

Leave a Reply

Top