आपत्कालिन शिविरमा रहेका जापानिजहरूलाई एनआरएन कान्साईले नेपाली खाना खुवायो प्रवास समाचार October 22, 2019 जापानमा यहि अक्टोबर महिनाको १२ तारिक आएको विनाशकारी ताईफूका कारण क्षतिग्रस्त क्षेत्र मध्यको एक नागानो केनमा आअक्टोबर महिनको २१ तारिक विष्णु साप्कोटाको नेतृत्वमा एनआरएन कान्साईले आपत्कालिन शिविरमा रहेका जापानिजहरूलाई नेपाली खाना खुवाएको छ ।एनआरएन कान्साईको तर्फबाट उप-संयोजक दिलीप शर्मा ,सल्लाहाकार जगत थापा,मानानार्थ सदस्य दिलीप कंडेल तथा शुभ चिन्तक रामचन्द्र गैरे र रामचन्द्र काफ्लेले अहोरात्र खटेर यस कार्यक्रमलाई सफल पार्न गहन भुमिका खेल्नुभएको थियो। साथै यस सेवामुलक कामको लागि विभिन्न समाजसेवी व्यक्तित्वहरू द्वारा आर्थीक सहयोग गरिएको थियो।शिविरमा जने क्रममा आवश्यक खाने,बस्ने तथा यातायातको व्यवस्था भने टोलीले आफ्नै खर्चमा गरेको एनआरएनको र आफ्नो व्यक्तिगत कामले नेपाल जानु भएका र यसै कार्यको लागि नेपालदेखि समय अगावै आउनुभएका उप-संयोजक दिलीप शर्माले बताउनु भयो।यसरी दुःखद घडीमा सेवा गर्न पाउदा टोलीका सदस्य मध्य रामचन्द्र काफ्ले (रोबटं) र रामचन्द्र गैरेले खुशी व्यक्त गर्नु भयो। स्टार ग्रूपका संयोजक समेत रहनुभएका दिलीप कंडेलले एनआरएनएको साख जोगाउन यस्ता कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।गल्कोट समाज तथा एनआरएनए कान्साईका सल्लाहाकार जगत थापाले आफूलाई यस्ता कार्यमा सहभागीता जनाउन पाउदा आत्मसन्तुष्टि मिल्ने बताउनु भयो। यस कार्यक्रममा नागानो केनका संयोजक विजय कार्किले आफ्नो क्षेत्रमा आएर एनआरएनए कान्साईले गरेको कार्यको मुक्तकंठले प्रशंसा गर्नु भएको थियो भने नेपालमा रहनुभएका एनआरएनए कान्साईका संयोजक कृष्ण गैरे र सल्लाहाकार नरेन्द्र बस्नेत (दिनेश)ले कार्यक्रम सफलताको शुभकामना सहित धन्यवाद ज्ञापन गर्नु भएको थियो। उपस्थित जापानिजहरूले नेपाली स्वाद र नेपाली सत्कार प्रति एनआरएनए कान्साईलाई धन्यवाद तथा सम्मान व्यक्त गरेका थिए।