You are here
Home > समाचार > काठमाडौं महानगरले १२ वटा वडाको फोहोर उठायो

काठमाडौं महानगरले १२ वटा वडाको फोहोर उठायो

२७ श्रावण,काठमाडौं । काठमाडौं महानगरपालिकाले भित्री शहरका १२ वटा वडाको फोहोर बिहिबार राति उठाएको छ ।

महानगरपालिकाले नेवार समुदायको प्रमुख पर्व गाईजात्रा सुरु हुनु भन्दा अघिल्लो रात भित्री शहरी क्षेत्रमा पर्ने १२ वटा वडाको फोहोर सबै उठाएको हो । तत्कालका लागि फोहोर टेकुस्थित ट्रान्सफर केन्द्रमा लगेर राखिएको काठमाडौं महानगरले जनाएको छ ।महानगरपालिकाको बिहिबार बसेको कार्यपालिका बैठकमा वडा सदस्यहरुले कम्तिमा गाईजात्रा नगर परिक्रमा गर्ने क्षेत्रको फोहोर जसरी पनि उठाउनु पर्ने भनेपछि महानगपालिकाले रातारात भित्री शहरको फाहोर उठाएको हो ।

Leave a Reply

Top