वातावरण अनुकूलनका कार्यक्रम प्रभावकारी ढंगले अगाडि बढाऔ ः राष्ट्रपति विधादेवी भण्डारी समाचार June 5, 2022June 5, 2022 राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गगर्नू भएको छ । राष्ट्रपति कार्यालयबाट जारी गरिएको सन्देशमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा ५० वर्ष अघिदेखि मनाउन थालिएको ‘विश्वातावरण दिवस’को सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको छ । ुवातावरण संरक्षणको क्षेत्रमा हामीले अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीयस्तरमा विभिन्न नीति योजना तथा कार्यक्रमहरू निर्माण गरी तिनको कार्यान्वयनका लागि आवश्यक कानुन र संस्थागत संरचनाहरूसमेत निर्माण गरेका छौँ । हाम्रा राष्ट्रिय प्रतिबद्धताहरू विभिन्न समयमा अभिव्यक्त भएका छन् । नेपाल आफैँ ठूलो मात्रामा कार्बन उत्सर्जन गर्ने राष्ट्र नभएता पनि हाम्रा हिमालहरू पग्लने क्रम बढेको छ, पानीका मूलहरू सुक्दै गइरहेका छन्, हाम्रा नदी र प्राणवायुले प्रदूषणको शिकार हुनु परिरहेको छ । हाम्रोजस्तै अन्य पर्वतीय मुलुकहरूले भोग्नुपरेको सङ्कटको प्रवृत्ति उस्तै छ भने टापु राष्ट्रहरूले सम्भावित अस्तित्वको सङ्कट झेल्नु परिरहेको छ ।ुवातावरण अनुकूलनका कार्यक्रमहरूलाई प्रभावकारी ढंगले अगाडि बढाउनुका साथै शतप्रतिशत हरित वा स्वच्छ ऊर्जाको प्रयोग, विद्युतीय सरसामानको बहुउपयोग तथा इको यातायातको प्रवर्द्धनमा विशेष जोड दिन आवश्यक रहेको सन्देशमा भनिएको छ । त्यस्तै सन्देशमा हरेक परिवारले उत्सर्जन गर्ने कार्बन र अन्य हरितगृह ग्यासहरू कम गरेका खण्डमा सौर्यमण्डलको सजीव पिण्डका रूपमा रहेको हाम्रो पृथ्वीको पर्यावरण थप बिग्रनबाट रोकिने र मानव अस्तित्व सहजरूपले चलिरहने आशा गर्न सकिने र यसका लागि नगण्य कार्बन उत्सर्जन गर्ने नेपालजस्ता पर्वतीय राष्ट्रले टापु राष्ट्रहरूको समेत साझा आवाज निर्माण गरी अन्तर्राष्ट्रिय मञ्चहरूमा जवाफदेहिता र ठोस प्रतिबद्धताको अभियान चलाउन अत्यावश्यक भइसकेको छ ।