हाम्रालाई होइन राम्रालाई मतदान गरौ प्रवास विचार July 17, 2021 -डि पि सापकोटा (सुरेश) विश्वका ८२ राष्ट्रमा फैलिएको गैर आवाशिय नेपाली संघ एनआरएनए महाधिवेशनको पुर्वसंघारमा छ । अहिले एनआरएनए चुनावमय बनेको छ । विदेशमा बस्ने नेपालीहरुको एक मात्र आधिकारिक र साझा संस्था भएकोले पनि धेरैको चासो र चिन्ता हुनु स्वभाविक नै हो । चुनावमा धेरै थरीका अनुहार देखिनु पनी स्वभाविक नै मान्नु पर्छ ।दुतावास पछी एनआरएनए नै अभिभावकीय संस्था हो भन्ने कुरामा दुइमत छैन । अवको एनआरएनए राष्ट्र,राष्ट्रीयता र स्वभीमानसंग जोडीने किशिमको पनि हुनुपर्छ,पारदर्शी हुनु पर्छ र ईमानदार हुनुपर्छ।विश्वका बिभिन्न देशमा छरिएर रहेका नेपालीले संकलन गरेको शिप तथा पुजीलाइ एकिकृत गरी देशको समस्यामा मलम लगाउन सक्ने खालको हुनु पर्छ । बिभिन्न देशमा रहेका नेपालीको आन्तरिक समस्याहरुमा हातेमालो गर्न सक्ने हुनु पर्छ।विद्यार्थीका समस्यामा समाधान गर्न सक्ने हुनु पर्छ साथ हुने खालको । व्यवसायी हरुको क्षमता विकास गर्ने खालको,कुक हरुको पनी समस्या सुनेर निराकरण गर्ने ।अरु विभीन्न आन्तरिक समस्यालाइ समाधान गर्दै साना तथा ठुला पुजी निर्माण गरी देशमा लगानी गरी देश लाइ विभिन्न कुरामा आत्मनिर्भर गराउने दिशा तर्फ अगाडी बडाउन सक्ने इमान्दार नेतृत्व को खाँचो छ । हाम्रो उद्देश्य नै अर्थोपार्जन र ज्ञान आर्जन रहेको ले यो अर्थ र ज्ञान शिप लाइ स्वदेश मा लगानी गरी दिर्घकालीन रुपमा फाइदा पुग्ने किशिम का योजना ल्याउन सक्ने भिजन सहित को नेतृत्व भएमा पक्कै पनि अहिले धमिलिदै गयको एनआरएनए को इमेज लाइ केही हद सम्म भय पनी कम गर्न सकिन्छ । त्यसो हुन सकेमा देश आर्थिक रुपमा आत्मनिर्भर भयमा राष्ट्रीयता बलियो हुन्छ ।राष्ट्रीयता बलियो भयो भने राजनीतिक शुद्धता आउछ ।युवाहरु देशमा वस्न मिल्ने वातावरण भयमा भ्रष्टाचार र घुसखोरी लाइ पनि खवरदारी हुन्छ । हामी जस्तो अर्को पुस्ता पछुताउदै विदेश मा आयर फेरी एनआरएनए भन्दै चुनाव गर्नुपर्ने अवस्था को अन्त्य हुन्छ । त्यसपछी बरु नेपाल मै गएर समाजसेवा गरौला नी ! हुदैन ? त्यसको लागी अव इमान्दार सक्षम र दूरदर्शी नेतृत्व छान्ने जिम्मा तपाँइ हाम्रो काधमा आइपरेको छ।कसैको प्रभावमा नपरी थोरै भएपनी उम्मेदवारहरुको व्यक्तित्व र विगत हेरेर संयमित भयर मतदान गर्नु पर्ने छ । राजनैतिक वा क्षेत्रीय भागवण्डाको भुमरीमा नपरी मतदान गर्नु भएमा सके हामी सवैलाइ सहयोग पुग्छ नभए हाम्रो वदनाम त हुदैन। (लेखक एन आर एन जापानका केन्द्रीय सदस्यका दावेदार मध्यका एक हुन)