You are here
Home > प्रवास > एनआरएनए अभियानको मूल मर्मलाई स्थापित गर्न हामी सचेत हुन जरूरी छ:कान्साइ संयोजक शर्मा

एनआरएनए अभियानको मूल मर्मलाई स्थापित गर्न हामी सचेत हुन जरूरी छ:कान्साइ संयोजक शर्मा

एनआरएनए जापानको गौरवपूर्ण इतिहास जोगाईराख्न,एनआरएनए जापानलाई अझ बडी संस्थागत गर्न,एनआरएनए जापानलाई अन्तर्राष्ट्रीय मञ्चमा अझ सशक्त बनाउन,बेला-बेलामा उठ्ने गरेका आर्थिक अनियमितताका कुराहरूलाई सदाका लागि समाप्त गर्न ,केन्द्र र क्षेत्रबिच प्रगाढ सम्बन्ध कायम गर्न,एनआरएनए अभियानलाई जापानवासी नेपालीहरूको सुख दु:खको साझा चौतारि बनाउन,एनआरएनए अभियानमा योगदान दिनुहुने अग्रजहरूलाई सम्मान र यस अभियानमा लाग्न चाहने युवाहरूलाई प्रोत्साहन गर्न,एनआरएनए जापनलाई मागी खाने भांडों होईन केहि दिनसक्ने संस्थाको रूपमा विकास गर्न,यस अभियानलाई शुद्धिकरण र सरलीकरण गर्न। यस अभियानलाई कुनैपनि राजनैतिक,भौगोलिक ,जातिय,क्षेत्रिय तथा विभिन्न आस्थाका आधारमा गरिने भागबन्डाबाट जोगाउन, समग्रमा भन्नुपर्दा यस अभियानको मूल मर्मलाई स्थापित गर्न तपाई,म र हामी सचेत हुन जरूरी छ।

आज हामी भावनामा बगेर,दावावमा परेर,कसैको मुख हेरर,कामको मूल्यांकन बिना चुनावको प्रचार प्रसारमा खटेकै भरमा हामीले सहि मान्छेलाई सहि ठाउमा भोट दिनबाट चुक्यौ भने भोली पछुताएर बस्नु भन्दा वाहेक हामीसंग अर्को कुनै विकल्प रहने छैन।त्यसैले मेरो सम्पूर्ण जापानवासी नेपालीहरूमा हार्दिक अनुरोध छ तपाईहरूले भोट गर्ने व्यक्तिले संस्थाको लागि हिजो के देन दियो र भोली के गर्न सक्छ भन्ने आधारहरू हेरेर मात्र भोट दिने निर्णय गर्नुहोला।

अन्त्यमा सम्पूर्ण उमेदवारहरूलाई जसरी यो समयमा प्रचार प्रसारमा खट्नुभएको छ भोली चुनाव जितेर आएपछि पनि यसरीनै दुई वर्ष खट्नु होला भन्दै सम्पूर्णलाई शुभकामना व्यक्त गर्दछु।साथै कान्साईको ओसाकामा हुन गईरहेको एनआरएनए जापानको १०औ राष्ट्रीय महाधिवेशन सफल पार्न यहाँहरू सबैले सकारात्मक भूमिका खेल्नुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु ।जय एनआरएनए।
अधिवेशन र निर्वाचन नजिकिदै गर्दा कन्साइ संयोजकको यो भनाइलाइ अर्थपूर्ण रुपमा हेरिएको छ ।

Leave a Reply

Top