बिमाको महत्व बारे एनआरएनए कान्साइले आयोजना गर्न लागेको सेमिनारको तयारी पुरा प्रवास समाचार September 27, 2021September 27, 2021 -बिन्दु ढकाल /ओसाका एनआरएनए जापान कान्साई क्षेत्रिय समितिले बिमा सम्बन्धी सहि सूचना प्रवाह गर्ने उद्देश्यले आयोजना गर्न लागेको सेमिनारको तयारी पुरा भएको बताएको छ।सेमिनारमा जापान रहने नेपाली समुदायलाई बिमाको महत्व तथा फाईदा सम्बन्धी जानकारी दिने गरि सेप्टेम्बर २९ बुधबार दिउसो ३ बजे अनलाईन सेमीनार आयोजना लागिएको हो। पछिल्लो दिनहरुमा जापानमा रहनुभएका नेपाली समाजमा,विभिन्न कालगति रोगब्याध या दुर्घटना बाट मृत्युवरण गर्नेको संख्यामा अप्रत्याासित वृद्धि हुँदै आएको छ। मृत्यु आफैमा पिडादायी हुन्छ त्यसमाथी प्रदेशमा हुने मृत्युले झन बढि पिडाबोध हुन्छ।पिडा त छदै छ त्यो भन्दा बढी परिवारजनमा पर्ने आर्थिक भार।परिवारको त्यो पिडालाई थोरै भएपनि कम गर्न सधै आर्थिक सहयोग अभियान भन्दा पनि दीर्घकालीन रूपमा सोच्न जरूरी रहेको भन्दै त्यसका लागि स्वास्थ्य बिमा,जिवन बिमा लगायतका कुराहरू आम मानिसहरूलाई बुझाउन बिमा सम्बन्धी सहि सूचना प्रवाह गर्ने गरि अन्लाईन सेमीनार आयोजना गर्न लागिएको एनआरएनए कान्साइ क्षेत्रिय समिति संयोजक दिलिप शर्माले जानकारी दिनुभयो । यसका लागि एनआरएनए कान्साईले अहिलेलाई जापनमा रहेका बिदेशीहरु(विशेषगरी नेपाली)लाई लक्षित गरी सन्चालनमा आएको मिराई लाईफ सम्बन्धी जानकारी दिने र मिराई लाईफ जस्तै अन्य बिमा सुविधाहरूको बारेमा पनि भविष्यमा जानकारी गराउने कान्साइ उपसन्योजक तथा कार्यक्रम संयोजक विष्णु सापकोटाले जानकारि दिनुभयो। सेमिनारमा संचार कर्मी तथा मिराइ लाइफका प्रतिनिधि आनन्द कोईरालाले बिमाका बिबिध बिषयमा जानकारी गराउनु हुनेछ।एनआरएनए कान्साईका हरेक काम र योजनाहरू सफल पार्न सम्पूर्णको साथ,सहयोग र समर्थन चाहिने हुदा सकारात्मक अनि रचनात्मक तवरले सल्लाह,सुझाव तथा सहयोग गर्नुहुन सचिब तेज प्रकाश गुरुङले सम्पूर्णमा अनुरोध गर्नुभएको छ। यसैगरी , तपाईहरूका जिज्ञासा,सुझाव,अथवा सल्लाह भएमा ईमेल nrnkansai11@gmail.com मा पठाउनुहुन समेत अनुरोध गरेको छ ।