You are here
Home > साहित्य > गजल > गजल

गजल

-राजेन्द्र राना मगर

 

हुन्छ मात्र भन तिमी, त्यतै दिलमा बसिदिउँला ।

मायाको यो संसारमा, सँगसँगै पसिदिउँला ।।

 

हामी दुई एकै भए, छैन कुनै बाधा अड्चन ।

उस्तै परे प्रीतको डोरी, सँगै बसी कसिदिउँला ।।

 

भावनाको माया हो यो, लुकेको छैन स्वार्थ कतै ।

त्याग्नै परे यो जीवन, सँगै हामी दसी दिउँला ।।

 

दुई दिनको घामछायामा, मरिलानु के नै रहेछ ।

आँखा लागे समाजको, नजरबाटै खसिदिउँला ।।

 

लेख्छन् यहाँ कोही भने, अमर प्रेमको कथाव्यथा ।

भनिदिन्छौं सबैलाई,  लेखिदिने मसी दिउँला ।।

 

 

Leave a Reply

Top