You are here
Home > Uncategorized > दक्षिणकाली नगरपालिकाका उपप्रमुखले लिइनन् सुविधामा पाएको गाडी, उक्त रकमले शिक्षा र एम्बुलेन्सको व्यवस्था गर्ने ।

दक्षिणकाली नगरपालिकाका उपप्रमुखले लिइनन् सुविधामा पाएको गाडी, उक्त रकमले शिक्षा र एम्बुलेन्सको व्यवस्था गर्ने ।

दिपश्री खबर ।
माघ ६, दक्षिणकाली ।


जनतालाई सुविधा दिने तहमा पुगे पछि जनप्रतिनिधि आफ्नै तलव, भत्ता, सेवा सुविधा बढाउने तर्फ उन्मुख भइरहेको अवस्थामा दक्षिणकाली नगरपालिका उपप्रमुख बसन्ती डंगोल तामाङ्गले तेस्रो नगर सभाले उपप्रमुखको सुविधाको लागी पारित गरेको ३० लाख बराबरको गाडी लिन अस्वीकार गरेकी छिन् ।


०७५÷०७६ का लागी बसेको तेस्रो नगर सभामा पारित भएको उक्त रकम उपप्रमुख तामाङ्गले आफ्नो सुविधा भन्दा नगरभित्रको विकासका लागी उक्त बजेट आवश्यक रहेको बताइन् । तामाङ्गले उक्त बजेटबाट २५ लाख प्राविधिक शिक्षाको लागी कामधेनु मा.विलाई कृर्षि प्राविधिक विद्यालय संचालन गर्न र एम्बुलेन्स खरिदका लागी पाखाचोक सप्ताह मूल समारोह समिति र क्षेत्रपाल भैरव युवा क्लवको संयुक्त आयोजनामा संचालन गरीएको सप्ताहबाट संकलित रकममा ५ लाख थप गरी एम्बुलेन्स खरिदमा सहयोग गर्ने घोषणा गरिन ।

आजको युग आधुनिक शिक्षाको युग भएको बताउँदै नगरभित्रका सबै नागरिकमा शिक्षाको पहुँच पुगोस भन्ने आफ्नो योजना रहेको बताइन् । उपप्रमुख तामाङ्गको यो प्रशंसा योग्य निर्णयलाई नगरसभामा उपस्थित सबैले तालिबजाएर धन्यवाद दिएका थिए । तामाङ्ग तत्कालिन नेपाली कंग्रेसबाट उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।

Leave a Reply

Top