You are here
Home > समाचार > सार्वजनकि शौचालय व्यवस्थापनको प्रक्रयिा सुरु

सार्वजनकि शौचालय व्यवस्थापनको प्रक्रयिा सुरु

काठमाडौं महानगरपालिकाले महानगरभित्रका होटल, रेष्टुरेन्ट, बैंक, र व्यापारिक प्रतिष्ठानका शोरुम लगायतमा रहेका शौचालय सर्वसाधारणका लागि प्रयोग खुला गर्ने प्रक्रिया अघि बढाएको छ ।

महानगरले आज आइतबारका दिन एक सूचना जारी गर्दै होटल, रेष्टुरेन्ट, बैंक, र व्यापारिक प्रतिष्ठानहरुलाई आफ्ना शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्नका लागि सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघ–संस्थालगायतलाई सार्वजनिक रूपमा आह्वान गरेको छ ।इच्छुक सम्बद्ध सरोकारवाला व्यक्ति तथा निकायले सात दिनभित्र सार्वजनिक निजी साझेदारी इकाइ, बबरमहल जिसस भवन वा प्रशाशन विभाग, काठमाडौं महानगरमा सम्पर्क गर्न भनिएको छ । महानगरको यही जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले शौचालयमा सर्वसाधारणको सहज पहुँच अभिवृद्धिका लागि महानगर क्षेत्रभित्र रहेका होटल लगायतको शौचालय प्रयोग गर्न सकिने निर्णय गरेको थियो ।

Leave a Reply

Top