You are here
Home > समाचार > विभिन्न जिल्लामा भूकम्पको धक्का

विभिन्न जिल्लामा भूकम्पको धक्का

१५श्रावण,काठमाडौँ — आइतबार बिहान खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर गएको ६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएसँगै विराटनगर‚ धरान‚ उदयपुर‚ खोटाङ‚ भोजपुरलगायत आसपासका जिल्लामा भागदौड चलेको थियो ।

बिहान ८ बजेर १३ मिनेट जाँदा गएको भूकम्पको धक्काका कारण विराटनगर विमानस्थलमा समेत भागदौड चलेको थियो । अहिले मार्तिमबिर्ताको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय मार्तिमबिर्ताका प्रहरी नायव निरीक्षक शम्भु पौडेलले जनाउँनु भएको छ । दुईपटक आएको भूकम्पमा सुरुको धक्का अलिक धेरैबेर गयो । तर त्यसबाट भौतिक क्षति भने भएको छैन ।

Leave a Reply

Top