You are here
Home > साहित्य > गजल > गजल

गजल

-राजेन्द्र राना मगर

 

कहाँ गए ती सर्वहाराका लागि लड्नेहरू ?

भए सबै ती आफ्नै स्वार्थका भुडी भर्नेहरू ।

 

सिउँदो पुछियो मरे युवा, वृद्ध, बालक सबै

बिर्सिए देशको लागि आलो रगत छर्नेहरू ।

 

आमाको छाती छिया-छिया पार्न गरे सम्झौता

सल्बलाउँदैछन् यो देशको एकता भङ्ग गर्नेहरू ।

 

धर्म संस्कृति हरायो छैन सत्य अमन चयन

मात्र छन् सबै आफ्नै स्वार्थको लागि मर्नेहरू ।

 

उठौँ जागौँ सारा नेपाली मातृभूमिका लागि

भाग्नेछन् अब भ्रष्ट कपुत देश लुट्नेहरू ।

भक्तपुर

              हाल: काठमाडौं

 

Leave a Reply

Top