You are here
Home > प्रवास > एनआरएनए जापान कान्साईको आगामी कार्यकालका लागि संयोजक पदमा वर्तमान उपसंयोजक बालकृष्ण सापकोटाले आफ्नो उम्मेदवारी दीने

एनआरएनए जापान कान्साईको आगामी कार्यकालका लागि संयोजक पदमा वर्तमान उपसंयोजक बालकृष्ण सापकोटाले आफ्नो उम्मेदवारी दीने

– कान्साई,जापान
अनुजलाई माया ,अग्रजलाई सम्मान भईपरि आउने समस्याको समाधानसंगै संस्थालाई संस्थागत गराउने मेरो अभियान भन्ने नाराका साथ
गैर आवासीय नेपाली संघ एनआरएनए जापान कान्साई क्षेत्रीय समितिको आगामी कार्यकालका लागि संयोजक पदमा वर्तमान कार्यसमितिका उपसंयोजक बालकृष्ण सापकोटाले आफ्नो उम्मेदवारी दिनुहुने भएको छ ।

एनआरएनए कान्साई क्षेत्रीय समितिमा रहेर २०१७-२०१९ कार्यकालमामा सदस्यको भूमिकामा रहि कार्यसम्पादन गर्नुभएका बालकृष्ण सापकोटाले आफुले सहमतिका लागि केहि समय संस्था बाहिर रहेर सहयोग गरेको बतऔनुभयो ।त्यसपछि २०२३-२०२५ कार्यकालमा उप-संयोजकको रूपमा कान्साईको ह्योगो कोबे क्षेत्रलाई प्रतिनिधित्व गर्दै आफूलै पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आउनुभएको उहाको दाबि छ।आफू केहि समय उम्मेदवारी घोषणा गर्न भन्दा सदस्यताको अन्तिम टुङगो लाग्ने समयसम्म हेरेर अगाडी बढ्ने मनस्थिति बनाएर मौन बसिरहनुभएका उप-संयोजक अब भने संस्थाको बागडोर सम्हालन स्पष्ट कार्ययोजना तथा सम्पूर्ण तयारी सहित संयोजक पदका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएको छ।

बाग्लुङ जिल्लाको गल्कोटमा जन्मिनुभएका सापकोटा एनआरएनए मात्र नभई विभिन्न सामाजिक संघ-संस्थासंग आबद्ध भई सामाजिक कार्यहरू गर्दै आउनुभएको छ।संस्थालाई संस्थागत गर्दै यस संस्थालाई दिर्घकालिन रूपमा मजबुत बनाउदै अगाडी बढ्नु पर्ने आजको आवश्यकता पूर्तिका लागि यस संस्थाप्रति आमजनमासमा रहेका भ्रमहरू चिर्न र संस्थालाई जनमुखि र जनमैत्रि बनाउने आफ्नो कार्यकालको प्रथम उदेश्य बोक्नुभएका सापकोटाले अग्रजदेखि अनुजसम्मको आफूलाई साथ र सहयोग रहने विश्वास व्यक्त गर्दै आफ्नो जित सम्पूर्ण कान्साईवासीको जित हुनेगरि सबैलाई समेट्ने प्रतिबद्धता समेत प्रस्तुत गर्नुभएको छ।तत्काल भईपरि आउने सम्स्या देखि कान्साईमा नेपालीको जनसंख्या वृद्धिसंगै आएका समस्याहरू चाहे ति विद्यार्थीका समस्या हुन चाहे ति कुक पेशादेखि अन्य कुनैपनि श्रमिक वर्गका सम्स्याहरूमा एनआरएनएको विधि-विधान र कार्यक्षेत्रमा रहेर आफूले काम गर्ने बताउनुभोयो।संस्थाका लागि राम्रा र संस्थालाई संस्थागत बनाउने सन्दर्भमा हरेकका योजना माथि छलफल गरि मूर्तरूप दिन आफू तयार समेत रहेको हुदा यसअघि उम्मेदवारी प्रस्तुत गर्नुभएका उम्मेदवारहरूले समेत अन्तिममा आफूलाई सहयोग गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै आफू पनि सहमति ,सहकार्य र समर्पणका लागि सदैव तयार रहेको समेत जानकारी दिनुभयो।सापकोटाले विगत २०१३ देखि कान्साईलाई कर्मथलो बनाउदै कोबे,हिमेजि लगायात क्षेत्रहरूमा रेष्टुरेण्ट व्यवसाय गर्दै आउनुभएको छ।

 

Leave a Reply

Top