नेपालि बिधार्थि समाज जापान (नेसाज)को कान्साइ क्षेत्रिय समिति गठन प्रवास समाचार September 13, 2021September 13, 2021 स्वास्थय सतर्कता अपनाउदै नेपालि बिधार्थि समाज जापान (नेसाज)को कान्साइ क्षेत्रिय समिति गठन गरिएको छ। एक कार्यक्रमका बिच दल वहादुर दमाईंको संयोजकत्वमा ह्योगो केनको कोबे सिटिमा कान्साइ क्षेत्रिय समिति गठन गरिएको हो । संस्थाका महासचिब सन्जय कार्किको अध्यक्षता तथा नेसाजका सल्लाहकार नरेन्द्र बस्नेतको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा बिशिस्ट अतिथिहरुमा नेसाजका सल्लाहकार कोबे युनिभर्सिटिका डा.भरत नेगि,एनआरएनए जापानका उपाध्यक्ष महेश कुमार कटवालका साथै अतिथिहरुमा संस्थाका पुर्ब अध्यक्ष, निबर्तमान कोषाध्यक्ष,एनआरएनए कान्साइ संयोजक दिलिप शर्मा गैरे लगायतको उपस्थिति रहेको थियो। नेपालि बिधार्थि समाज जापान (नेसाज)को कान्साइ क्षेत्रिय समितिको उप-संयोजकमा उमेश अधिकारी,सचिबमा किरण अधिकारी,सदस्यहरुमा बिजय लामा,बिनोद खड़का,रबिन्द्र अधिकारी,सुनीता घिमिरे,सरु खरेल र अर्चना पन्थ रहनु भएको छ। कोरानाको कारण काम नभएर अथवा इमिग्रेसनले निश्चित समय को लागि काम गर्ने अनुमति नदिएर दैनिक जिवन यापनमा साच्चिकै समस्यमा पर्नु भएका हयोगो केन कोवेका बिधार्थिहरुलाइ(兵庫県日本語教育機関連絡会)Hyogo Prefectural Japanese Language Education Liaison Committee र नेसाजको सहकार्यमा भएपनि राहत सामग्रि बितरणको जानकारी उक्त संस्थाका निर्देशक मार्फत गराइएको थियो भने कार्यक्रम स्थलमा ल्याइएको थोरै सामग्री उपस्थित बिद्यार्थी हरुलाई वितरण गरिएको थियो जसको व्यवस्थापन तथा सहजिकरण नेसाज का सल्लाहकार एबम कार्यक्रम का प्रमुख अतिथि नरेन्द्र बस्नेत र सभाअध्यक्ष एबम नेसाजका महासचिब सन्जय कार्किले गर्नु भएको थियो। कार्यक्रममा बोल्दै संस्थाका सल्लाहकार एबम कार्यक्रमका प्रमुख अतिथि नरेन्द्र बस्नेत ले अहिले को यो बिशम परिस्थितिमा धेरै जसो नेपालि बिधार्थि हरु ले स्युस्योकु गर्दै आउनु भएको होटल टुरिजम इजाकाया लगाएत को क्षेत्रमा कोरोना को नराम्रो प्रभाव परेका कारण अध्ययन पुरा गरेर अहिले स्युउस्योकु गर्न पहिले भन्दा केहि कठिन भएतापनि असम्भव नभएको हुनाले स्वयम् बिधार्थि ले अलिक मिहिनेत गर्दै JLPT,TOEIC लगायतका परिक्षा उतिर्ण गरेमा थप सहयोग पुग्ने र नेपाल बाट ब्याचलर नगरि आउनु भएका र जापान मा सेन्मोन गाक्को पछि स्युउस्योकु गर्न गाह्रो महशुस गर्नु भएका बिधार्थि हरु ले पुन सेन्न्मोन गाक्कोउ भन्दा पनि दाइगाकु हेन्युउ लगायतका राम्रो बिकल्प हरु खोज्दा उपयुक्त हुने लगायतका बिबिध बिधार्थि लाइ अति नै महत्वपुर्ण जानकारी दिनु भएको थियो। त्यस्तै डा भारत नेगी ले कोरोना पछि जापानमा नेपालीहरुको मृत्यु दर बढेको र त्यसको निराकरणको लागि आवस्यक सर सल्लाह प्रदान गर्दा बिश्वो बिद्यालय अध्ययनमा चासो हुने बिद्यार्थी हरु भएमा आफुले जानेको सकेको सरसल्लाह सहयोग गर्न हरदम तयार रहेको कुरा जानकारी गराउनु भयो। अन्तमा सभाअध्यक्ष एबम संस्था का महासचिब सन्जय कार्कि ले नेसाज २०२१-२०२३ कार्यकाल मा नेसाज लाइ धेरै भन्दा धेरै नेपालि बिधार्थि माझ पुर्याउने उदेश्य ले क्षेत्रिय समिति बिस्तार कार्यक्रम गर्दै आएको र नेपाली विद्यार्थी समाज जापान (नेसाज )ले विजया दशमी ,शुभ दिपावली ,छठ तथा नेपाल सम्वत् ११४२ को पावन अवसर पारी एतिहासिक स्मारिका प्रकाशन गर्न लागेको जानकारी गराउदै बिधार्थि हरु माझ भएका लेख रचना नेसाज लाइ पठाउन पनि अनुरोध गर्नु भएको थियो