आजकल कबिताको भाऊँ छैन साहित्य December 4, 2018 -कृष्ण सुबेदी (गंगा) कलकल पानी बग्ने खोल्साहरूमा शितल हरीयाली छाहारीहरूमा सुन्दर हिमालका काखहरूमा कोदो फुलेका बारीहरूमा पहेलै धान झुलेका फाटहरूमा पाटी पैवा र मन्दीरहरूमा गुम्बा , चैत्य र चर्च हरूमा संसार सिङ्गार्ने बैनीहरू आमाहरू मृर्त देहमा भेटिन्छन् अहं मानबियता भएको ठाँऊ छैन आजकल कबिताको भाऊ छैन देसका हरेक चुनाव हरूमा नेताका हरेक भाषण हरूमा युबाहरूका हरेक आन्दोलनहरूमा पन्डीतका हरेक प्रवचनहरूमा लमीका हरेक बरौनीहरूमा दलालका हरेक भिषाहरूमा बोडीङका हरेक ब्रोसरहरूमा हरेक हरेक सुन्नु मात्रै छ अहं यथार्थ भेटीएको ठाऊँ छैन आजकल कबिताको भाऊँ छैन एयरपोर्ट मा युवाहरूको ओठहरूमा बिदेशी गल्ली गल्लीमा सुनीने असन्तोष हरूमा गाँऊ सहरका चोकहरूमा बच्चा , युवा र प्रौधहरूमा मजदुर ,शिक्षक र डक्टरहरूमा आमा , बाबु र सन्तानहरूमा पुरै पुरै निराशा मात्रै अंह सन्तोषले भरिएको ठाऊँ छैन आजकल कबिताको भाऊँ छैन