You are here
Home > प्रवास > बिष्णु सापकोटाको पहलमा बन्न लागेको अर्को बिद्यालय भबनको शिलान्यास    

बिष्णु सापकोटाको पहलमा बन्न लागेको अर्को बिद्यालय भबनको शिलान्यास    

जापानमा रहेको गैर नाफामुलक संस्था सन वर्ल्ड भिजनको आर्थिक सहयोग र जापानको ओसाकामा ब्यवसाय संचालन गर्दै आएका बाग्लुङ दमेकका युवा बिष्णु सापकोटाको पहलमा बाग्लुङ जिल्ला जैमिनि नगरपालिका ३ स्थित कालापातलमा  रहेको श्रीशिवालय निम्न माध्यमिक बिद्यालयको नयाँ पक्की भबनको शिलान्यास गरिएको छ ।

२०७५ साल मंसिर  १७ गते  एक कार्यक्रमका बिच जेस्ट नागरिक  मान बहादुर छन्त्याल र समाज सेवी चन्द्र दत्त सापकोटाले उक्त भबनको  शिलान्यास गर्नु भएको हो । उक्त भबनलाई  आगामी  आगामी चैत्र छ गते सम्म तयार पारीसक्ने लक्ष्य रहेको बिष्णु सापकोटाले जानकारी दिनु भयो ।

हाल उक्त विध्यालयमा १३३ जना विध्यार्थीले अध्ययन गरिरहेका छन। जामो समय देखी जिर्ण अबस्थामा रहेको उक्त भबनले नयाँ रुप पाउने भएपछी स्थानियहरु उत्साहित भएका छन।

बिद्यालयका प्रधानाध्यापक प्रेम बाहादुर छन्त्यालले तोकिएको  समयमा बिद्यालय भबनको निर्माणकार्य सम्पन्न हुने कुरामा आफु ढुक्क रहेको बताउदै नयाँ भबनको निर्माण सँगै कालापातलमा  शिक्षाको नयाँ बिहानिको सुरुवात हुने बताउनु भयो।

बिद्यालय निर्माणकोलागि सहयोग गर्नुहुने सम्पूर्ण महानुभाबलाई बिद्यालय ब्यबस्थापन समितिले धन्यबाद दिदै आगामी दिनहरुमा पनि निरन्तर रुपमा सहयोगकालागि अनुरोध गर्नु भएको छ ।  

यस अघी जापानमा रहेको गैर नाफामुलक संस्था सन वोर्ल्ड भिजनको आर्थिक सहयोग र जापानको ओसाकामा ब्यवसाय संचालन गर्दै आएका बाग्लुङ दमेकका युवा बिष्णु सापकोटाको पहलमा बाग्लुङ जिल्ला जैमिनि नगरपालिका २ स्थित बनहुँमा रहेको एम्बुलेन्स श्रीसरस्वती प्राथमिक बिद्यालयको चार कोठाको नयाँ पक्की भबनको अप्रिल २२ तारिक भब्य समारोहका बिच उदघाटन गरिनुका साथै एम्बुलेन्स पनि हस्तान्तरण गरिएको थियो।

Leave a Reply

Top