आगामी मार्च २३ तारिकमा उषा जापानले कोबेमा नेपाली विद्यार्थीका लागि अन्तरकृया कार्यक्रम गर्ने प्रवास समाचार February 25, 2019February 25, 2019 जापानको कोबे र ओसाका क्षेत्रमा रहि अध्ययन गर्ने क्रममा नेपाली विद्यार्थीले भोग्नु परेको समस्याको जानकारी र संभावित समाधान तथा विश्व बिधालय अध्ययन गर्न अभिप्रेरित गर्ने उदेश्यले जापानको कोबेमा रहेको गैर सरकारी संस्था उषा जापानले आगामी मार्च महिनाको २३ तारिक शनिवार समय १:३० देखि ४:३० सम्म बजे सम्म कोबेको हिगाशीनादा कुमिन सेन्टरमा अन्तरकृया कार्यक्रम संचालन गरिने गर्ने भएको छ । उक्त अन्तरकृया कार्यक्रममा हाल अध्ययन गर्ने क्रममा नेपाली विद्यार्थीले भोग्नु परेको समस्याको जानकारी र संभावित समाधानका बिषयमा छलफल गरिनुका साथै विश्वविद्यालय अध्ययन गर्नका लागि छात्रवृत्ति कसरी प्राप्त गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराइने संस्थाका अध्यक्ष प्रकाश आचार्यले जानकारी दिनु भयो । कार्यक्रममा भविष्यमा विश्वविद्यालय जान चाहने विद्यार्थी,हाल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी तथा विश्वविद्यालय सकेर जापानमा काम गरिरहनु भएका व्यक्तित्वहरु संग अन्तरक्रया गरिने कार्यक्रमका संयोजक तथा उषा जापानका शैक्षिक परामर्श विभागका निर्देशक डा.दिनेश न्यौपानेले जानकारी दिनु भयो । कार्यक्रममा जापानका बिभिन्न विश्व बिधालयका अनुभबी प्राध्यापकहरूको सहभागीता रहने आयोजकले जानकारी दिएको छ।नेपाली विद्यार्थीलाई लक्षित गर्दै सन्चालन गर्न लागिएको उक्त कार्यक्रममा सहभागीताका लागि सिमित सीट भएकोले अग्रिम जानकारी गराउनु हुन आयोजकले अनुरोध गरेको छ । यससम्बन्धी विस्तृत जानकारीका लागि संस्थाको अधिकारिक वेब साइटhttp://www.ushajapan.org/ मा लग अन गरेर पनि प्राप्त गर्न सकिने छ ।