You are here
Home > प्रवास > चितवन समाज कान्साई क्षेत्रीय समिति द्धारा साहारा घरमा लत्ता कपडा सहयोग

चितवन समाज कान्साई क्षेत्रीय समिति द्धारा साहारा घरमा लत्ता कपडा सहयोग

चितवन यूवा समुह अन्र्तराष्ट्रिय समन्वय समिति, नेपालको समन्वयमा चितवन समाज जापानको कान्साई क्षेत्रिय समिति द्धारा सहारा घरमा बस्दै आएका अनाथ तथा असाहय वालवालिकाहरुलाई अति आवश्यक पर्ने लत्ता कपडा वितरण गरिएको छ।
चितवन समाज जापानको कान्साई क्षेत्रिय समितिका कोषाध्यक्ष अनिल पौडेलको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अथिति चितवन यूवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति, नेपालका अध्यक्ष मुक्ति प्रसाद अधिकारी, विशिष्ठ अतिथि चितवन समाज जापानका महा–सचिव हरि पौडेल रहनु भएको थियो भने चितवन यूवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति,नेपालकी पूर्व कार्यसमित सदस्य सकुन्तला तिवारी , अजिवन सदस्य गुरु तिवारी,सफल उद्योग व्यवसायि एवम् समाज सेवी महादेव शर्मा, समाज सेवी नारायण चापागाई,महिला समाज सेवी मया देवि चापागाँई अतिथि रहनु भएको थियो ।
कार्यक्रममा लत्ता कपडा हस्तान्तरण गर्ने क्रममा चितवन यूवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति, नेपालका अध्यक्ष अधिकारीले चितवन समाज जापानको कान्साई क्षेत्रिय समितिद्धारा गरिएको सहयोग हस्तान्तरण कार्यक्रम सहयोग गर्नहुने सम्पूर्ण कान्साई समितिका कार्यसमितिका पदाधिकारीहरु लगाएत यस सहयोग कार्यक्रमको संयोजक, चितवन समाज जापानको कान्साई क्षेत्रिय समिति संयोजक अनिल पौडेललाई विशेष धन्यवाद ब्यक्त गर्नु भएको थियो ।
त्यसैगरि चितवन समाज जापानको महा सचिव पौंडेलले चितवन समाज जापानको कान्साई क्षेत्रिय समितिद्धारा गरियो महान कार्यको प्रसंसा गर्दै त्यहाँ रहेको वालवालिकाहरुको उज्जवल भविष्यको कामना गर्नु भएको थियो ।
कार्यक्रमका सभापति,चितवन समाज जापान कान्साई क्षेत्रिय सम्पर्क समितिका कोषाध्यक्ष पौडेलले साहारको घरलाई आवश्यक लत्ता कपडा वितरण गरिएको र आगामी दिनहरुमा पनि थप सहयोग गर्ने कुराको जानकारी दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।

Leave a Reply

Top