You are here
Home > समाचार > काठमाडौंको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल विजयी

काठमाडौंको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल विजयी

काठमाडौं महानगरपालिकाको नयाँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपमेयरमा सुनिता डंगोल विजयी हुनुभएको छ ।

बिहिबार राति सम्पन्न ३२ वटै वडाको मत गणनापछि बालेन साह मेयरमा विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । लौरो चिह्न लिएर स्वतन्त्र उम्मेदवारको रूपमा मेयर पदमा उठ्नुभएका बालेन साह ६१ हजार ७ सय ६७ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटाम प्रतिस्पर्धी नेपाली कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३ सय ४१ मत प्राप्त गरेर पराजित हुनुभएको छ।
साथै नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापितले ३८ हजार १ सय १७ मत प्राप्त गरेर पराजित हुनुभएको हो । मेयर बालेन साहले आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंह भन्दा २३ हजार ४ सय २६ मत बढी प्राप्त गरेर विजयी हुनुभएको हो ।
सोही महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल ६८ हजार ६ सय १२ मत प्राप्त गरेर विजयी हुनुभएको छ । गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उपमेरका उम्मेदवार रामेश्वर श्रेष्ठले २३ हजार ८ सय ६ मत प्राप्त गरेर पराजित हुनुभएको छ ।

Leave a Reply

Top