एन आर एन कान्साइको संयोजकमा प्रेम प्रसाद कँडेल चयन प्रवास November 6, 2018November 6, 2018 एनआरएन जापान कान्साई क्षेत्रीय समितिको संयोजकमा प्रेम प्रसाद कँडेललाई चयन गरिएको छ। एनआरएनए जापानका सल्हाकार सहित कान्साइमा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा बसेको कार्यसमिती बैठकले प्रेम प्रसाद कँडेललाई २०१७ -२०१९ को बाँकी कार्यकालको लागि संयोजक चयन गरेको हो। संयोजक भुमिरज डवाडी विगत एक वर्षदेखि आफ्नो ब्यक्तिगत करणले नेपालमा रहँदैआउनुभएको कारण जनाउदै कार्यसम्पादन सहज गराउन सर्बसम्मत रुपमा संयोजक चयन गरिएको एनआरएन कान्साइले जनाएको छ ।यस अघी एन आर एन कान्साइको रिक्त रहेको कोषाध्यक्षको पदमा बिष्णु सापकोटालाई चयन गरिएको थियो।
केहि अनलाइन न्युज पोर्टलमा न्युज आएको देख्दा लाग्छ कान्साईमा एन आर एन को भर्खरै मात्र उदय भएको जसरी पो आउँछ बा। हैन कान्साई क्षेत्रले संयोजक मात्रै पाएको हो कि अरु पोस्टमा को को छन् यसो जानकारी पाएमा राम्रो हुने थियो। जय यन आर एन। जय कान्साई। Log in to Reply