कि सयपत्रि र मखमलिहरु यस साल फुल्दै फूलेनन ? प्रवास साहित्य November 8, 2018November 8, 2018 – विष्णु प्रसाद घिमिरे छाब्दि वराहि,मनकामना,दक्षिणकालि,विक्रमवावा,सीतामाइ ,कुलदेवता सवै पूजेकि थियौ, भाकेकि थियौ सानी तिमिले तिम्रो एउटै कामना थियो…..तिम्रो एक्लो दाजु…. मन्जु,गिता,शर्मिलाका दाजुहरु झैं जापान,अमेरिका,क्यानाडा कतैको भिषा लागोस र जाओस थरि थरिको सर्दाम र भाक्कल थियो तिम्रो जस्तो जस्तो देशको अर्थतन्त्र र जि डि पि त्यस्तै त्यस्तै महगों र गह्रौं तिम्रो भाक्कल अनि उस्तै पूजा र भेटि !! काठ्माण्डौंबाट मैले फोन गर्दा मेरो कुरै नसुनि …..भयो भएन सोध्दै नसोधि मेरो बोलि उछिनेर तिमिले बधाइ दिएकि थियौ मलाइ ..त्यतिखेर तिमिलाइ केहि भन्न खोजिरहेको थिँेए केहि सम्झाउने इच्छा थियो..तिमिमात्र भिषा लागेको सुन्न चाहन्थ्यौं मेरा चिन्ताका सुस्केरालाइ ….. परिवारको मायाले दवाइदियो त्यतिखेर !! भिषा लिएर गाँऊ फर्कदंा बाटो भरि बधाइको न्यानो माया पाएको थिँए तिमिले इष्टमित्र , छरछिमेक,टोल र गाँऊमा मात्र होइन वल्लो पल्लो गाँऊमा समेत युद्द जितेको सिपाहीले झैं शँखघोष गरिसकेकि थियौ नविन,राजु,शिव जसरि …अव म ..अनि त्यसै गरि अरु युवाहरु परदेशिदैं गए भनें चाडपर्व,मेलापात,मर्दा,पर्दा यस्ले पार्ने अप्ठ्यारो/सप्ठ्यारो सुझाउन चाहन्थें ….तर सुनिदिने कस्ले ?? म घर पुग्दा आमाका आँखा टोलाएका थिए शरिर लोलाएको थियो अनुहार पुरै न्यास्रिएको थियो कुनै रोग र शोकले गालेको जस्तो देखिन्थ्यो एक हप्ताकै विचमा आमाको यस्तो हालत ! तिम्रा भनें…आँखा चम्किएका थिए हर्षले गद गद तन मन को रापले मुहार उज्यालिएको थियो सानी पूलकित भएकिथियौ तिमि लाग्थ्यो … …. तिम्रा सवै सपनाहरु साकार भएछन योजनाहरु भरिएछन अन्तरह्रदयवाट विजयी रक्तिम धुन घन्किरहेको छ र तिम्रा सबै इन्द्रियहरु मस्त नृत्य गरिरहेका छन ।। आमाको आशिर्वाद तिम्रो भाक्कल र पूजापाठ मेरो तक्दिरको लकिरले जापानको भिषा लाग्यो अनि ….म….. तिमिलाइ ,आमालाइ,पुरा परिवारलाइ इष्टमित्र,साथिभाई सवै सवैलाइ छाडेर सात समुन्द्रपारि ….अन्जान मुलुकमा अर्कै भाषा, संस्कृति…अर्कै रहन सहन भएको विल्कुलै नँया देशमा आइपुगें मेरो नाडिको घडिले भन्दा भित्तामा टासेंको घडिले अल्लग्गै समय देखाउने मात्र होइन यहाँको घडि एक्दमै द्रुत गतिमा दौडिन्छ पनि यहाँका पात्राहरु र घडिहरु विल्कुलै फरक छन हाम्रा भन्दा प्राय: हाम्रा चांडबांडका बेला यता कामको पसारो पर्छ खाए/नखाएको , सुते/नसुतेको मेशो समेत रहदैंन कति पल्ट त सानी तिम्रो म्यासेज र फोनले चाडवाडको जानकारि पाएको छु मैले !! आमाको औषधि खर्च सगैं पठाइदिएको कोशेलिहरुले नयाँ बर्ष,तीज,दशैं,तिहार,क्रिस्मश होली साथै तिम्रो जन्मदिनमा मेरो प्रतिनिधित्व गरेर तिमिलाइ शुभकामना/आशिर्वाद दिइरहे तिनै लुगाफाट,घडि र पकेट मनिले तिमिलाइ दाइको अभाव खट्कीन दिएनन त्यसैमा दाइको प्रेम पायौ र माया गर्यौ तिनै मोवाइल,ट्याबलेट,स्कुटिको आवाजलाइ दाइको वोलि मानेर सुन्यौ र फुर्कियौ ।। तर आज किन सानी ???? तिम्रो बोलि मधुरो ? किन गला अबरुद्द ? सन्चै छु पनि भन्छ्यौ ! बोलि रहेकि पनि छैनौ किन भिडियो अन गर्दिनौ ? दाइ सगं रिसाएकि हौ र ? तिहारको उपहार आइफोन एक्स म्साक्स त हात पर्यो नि ? फेरि के भयो त ? केहि त बोल सानी ! यस साल हाम्रो आँगनिमा पिंग हालिएन र ? हाम्रो दैलोमा देउसि/भैलिनिहरु आएनन र ? तिन्ले जापानिज लाहुरेको घर भनेंर भट्टयाएनन र ? यन र डलरको माग गर्दै आशीष गाएनन र ? सेल,अर्ष,अनरष, झिलिंग्गा,मिठाइहरु हाम्रो चुल्होमा पाकेनन र ? फेरि किन सानी ? तिमि भक्कानि रहेकि छ्यौ ? किन यसरि पाक्किएकि ? कि …. ३-४ बर्ष फूलेर त्यसै ओइलाइ झरेका सयपत्रि/मखमलिहरु यस साल फुल्दै फूलेनन – रचनाकार अनेसास एसियाका सचिव हुनुहुन्छ