You are here
Home > प्रवास > २०२० जनावरी १ मा एन आर एन कान्साइले भब्य सांगीतिक कार्यक्रम गर्ने

२०२० जनावरी १ मा एन आर एन कान्साइले भब्य सांगीतिक कार्यक्रम गर्ने

एन आर एन कान्साइले अंग्रेजी नयाँ बर्षको अबसर पारेर २०२० जनावरी १ तारिकका दिन शुभकामना आदान प्रदान सहित भब्य सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।एन आर एन कान्साइले प्रत्येक वर्ष विभिन्न उद्देश्यका साथ सांगीतिक कार्यक्रमको आयोजना गर्दै आइरहेको छ। यस बर्ष भने आपतकालिन राहत कोषको सहयोगार्थ भब्य सांगीतिक कार्यक्रमको आयोजना गर्न लागिएको एन आर एन कान्साइका संयोजक कृष्ण शर्मा गैरेले जानकारी दिनुभयो। ओसाका स्थिति उमेदामा रहेको होटेल हिल्टनमा बेलुकी ५ बजेदेखी कार्यक्रम सन्चालन हुने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमा ब्यबस्थापनको लागि समिती बनाइसकिएको बताइएको छ। कलाकारहरुको पछी जानकारी गराएने बताउदै उक्त कार्यक्रममा खरिद गरिएको टिकट मध्यबाट लक्की ड्र मार्फत एक जनालाई नेपाल जाने आउने टिकट उपहार प्रदान गरिने एन आर एन कान्साइका सचिब धन प्रसाद सापकोटा सुरेशले जानकारी दिनु भयो। उक्त दिन कार्यक्रममा उपस्थित भई सफल पारीदिनुहुन आग्रह गर्दै अन्य कार्यक्रम नजुधाइ दिनुहुन एन आर एन कान्साइले अनुरोध गरेको छ ।

Leave a Reply

Top