गो टु इट क्याम्पेनका लागी जापान सरकारले तयार पारेको नियमाबलिको बारेमा जानकारी प्रवास विविध समाचार October 27, 2020 -पुरुषोतम लामिछाने कती मानिसहरुले प्रयोग गर्छन् भन्ने बारेमा यस्सै भन्न सकिन्न तर ब्यवसाय वृद्धिका लागि यो उपयुक्त हुनसक्छ भन्ने हामीलाई लागेको छ। क्याम्पेनको बारेमा जानकारी यस क्याम्पेन अन्तर्गत ग्राहकले २५ प्रतिशत छुटमा खाना खान सक्नेछन।समस्यामा परेका रेस्टुरेन्ट हरूको बिक्रीवितरण बढाउने उद्देश्यले सरकारले यो क्याम्पेन ल्याएको हो। यस्का लागी दुई प्रकारका प्रणालीहरू छन् १. बिभिन्न प्रकारका साइटहरु जस्तै होत्पेपर,ताबेरोगु,गुरुनाबी लागाएतक साइटहरुको प्रयोग गर्न सकिन्छ ।यस्ता साइटहरु प्रयोग गरेबापत ति कम्पनी हरुले शुल्क लिने छन ।(१ पटकको २०० जती) यसको लागि ति साइटहरुले संपर्क गर्ने छन अथवा हामीले उनिहरु सँग संपर्क गर्नु पर्ने छ । २.यो ग्राहकले २५ प्रतिशत छुट भएको प्रिमियम कुपन अथवा (लाइन आदिको पोइन्ट)किनेर दार्ता गरिएका पसलहरुमा प्रयोग गर्न सक्ने प्रणालि हो । यो कुपन अथवा पोइन्ट पैसाको सट्टामा प्रयोग हुन्छ । यो प्रयोग गरेबापत अतिरिक्त सुल्क लाग्ने छैन । यो कुपन प्रयोग गर्ने सकिने अवधी २०२० ओक्टोवर महिना देखी २०२१ मार्च ३१ सम्म क्याम्पेनको प्रकृया १.अनलाइनमा रेस्टुरेन्ट दर्ता गर्ने २. कोरोना विरुद्ध उपायहरू अपनाउने (कीटाणुनाशक औषधी प्रयोग गर्ने, भेन्टिलेसनको प्रयोग गर्ने,१ मिटर भन्दा बढी दुरी कयम गर्ने) ३. क्याम्पेनका लागि आवश्यक सामग्रीहरु हुलाक मार्फत प्राप्त हुने छ । a. पोस्टर (तपाइलाई पोस्टर प्राप्त भयपछी धोकमा टास्नु पर्ने छ र सो को फोटो तोकिएको मितीमा पठाउनु पर्ने छ ।) b. खाना खाने कुपनको नमुना c. प्राप्त कुपन सरकारलाई पठाउने खाम पसलको काउन्टरमा प्रयोग गर्ने तरिका १. खाना खाने कुपन ५०० एन र १००० एन का ठाउँ अनुसार फरक खाल्का हुनेछन ) a. कुपन प्रगोग गर्दा नगद फिर्ता हुने छैन b. यस्को प्रगोग गर्ने मितीको बारेमा जानकारी लिनुहोस। समय सकिएको कुपन प्रयोग नहुन पनि सक्छ । c. कोरोना विरुद्धको उपायहरु नबनाइएको पाइएमा रद्द हुन सक्नेछ d. प्राप्त कुपनहरु तोकिएको समय अबधी भित्र पठाइसक्नु पर्ने छ । (समय सकिए पछी पठाएमा नगद भुक्तानी नहुन पनि सक्छ ।) २. लाइन पोइन्ट बाट प्रयोग गर्ने ग्राहाकको सन्दर्भमा a. भुक्तानको समयमा ग्राहकको मोबाइल फोन जाँच गर्नुहोस् र तिनीहरूलाई पोइन्टहरू प्रयोग गर्न लगाउनुहोस । b. नगद फिर्ता नहुने भएकोले पोइन्ट बाहेकाका करोबार भएमा नगद बाट लेन देन गर्नुहोस् । c. पोइन्ट नगदमा परिवर्तन हुनेछ जस्लाई माइ पेज मा गएर हेर्न सकिने छ ।